१६ मंसिर, २०७६ |
अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएको भन्दै नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलमा प्रतिलिटर दुई–दुई रूपैयाँ मूल्यवृद्धि गरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा समेत चार महिनायता मूल्य समायोजन नगरेको भन्दै निगमले यसपटक मूल्यवृद्धि गरेको निगमका कार्यकारी निर...बाँकी
१६ मंसिर, २०७६ |
महोत्तरी जिल्लामा चार वटा विभिन्न पदका लागि भएको उपनिर्वाचनमा बेग्लाबेग्लै चार पार्टीले बाजी मारेका छन् । एक गाउँपालिका अध्यक्ष र तीन वडा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेकपा, कांग्रेस, राजपा र समाजवादी पार्टीका उम्मेदवार निर्वाचित भएका छन् ।
पिपरा गाउँपालिकाको अध्यक्ष पदमा नेपाल कम्युनिस्ट ...बाँकी
१६ मंसिर, २०७६ |
दाङको क्षेत्र नं. ३ (ख) मा शनिबार भएको उपनिर्वाचनमा सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार विमलाकुमारी खत्री ओली विजयी भएकी छन् । नेपाली कांग्रेसका उम्मेदवार केशवराज शर्मा आचार्यलाई ५ हजार १ सय ४ मतअन्तरले पराजित गर्दै उनी प्रदेशसभा सदस्यमा विजयी भएकी हुन् ।
नेकपाकी उम्मेदवार विमल...बाँकी
१६ मंसिर, २०७६ |
प्रसूति व्यथा लागेपछि उपचार गराउन श्रीमतीलाई लिएर आइतबार बिहान जिल्ला अस्पताल उदयपुर आएका प्रेम बुढाथोकी अस्पतालमा श्रीमतीको मृत्यु भैसकेपछि बेपत्ता भएका छन् ।
त्रियुगा नगरपालिका– ४ का बुढाथोकी २६ वर्षीया श्रीमती सुष्मालाई सुत्केरी व्यथा लागेपछि उपचारका लागि जिल्ला अस्पताल बोक्सेमा लिएर आएको जिल्...बाँकी
१५ मंसिर, २०७६ |
न्युजकोसेली संवाददाता
प्रतिनिधिसभा सदस्य पदका लागि कास्की– २ मा शनिबार भएको उपचुनावमा सत्ताधारी नेकपाकी उम्मेदवार विद्या भट्टराई विजयी भएकी छन् । भट्टराईले ८ हजार ४ सय ३ मतान्तरले कांग्रेस उम्मेदवार खेमराज पौडेललाई पराजित गरेकी हुन् ।
आइतबार साँझ सम्पन्न मतगणनाको नतिजाअनुसार विद्या भट्टराईले २४ हजार ३ सय ९४ मत प्राप्त...बाँकी
१५ मंसिर, २०७६ |
न्युजकोसेली संवाददाता
नेपालको चर्चित इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स प्रा.लि ले दक्षिण एशियाली खेलकुद (साग) हुने सबै रंगशालाहरुमा खेल अवधिभर उच्च गतिको इन्टरनेट सेवा निःशुल्क उपलब्ध गराउने भएको छ ।
प्रयोगकर्ताले आफ्नो मोबाइल नम्बरबाट लगइन गरेर दैनिक १ जीबी डाटा दैनिक रुपमा निःशुल्क प्रयोग गर्न पा...बाँकी
१५ मंसिर, २०७६ |
न्युजकोसेली संवाददाता
शनिबार सम्पन्न उपचुनावअन्तर्गत पोखराको दुईतिहाई मतगणना सकिएको छ । पछिल्लो अपडेटअनुसार सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार विद्या भट्टराईले ८ हजारभन्दा बढी मतको अग्रता हासिल गरेकी छन् ।
विद्याले १७ हजार ६ सय ६० मत पाएकी छन् भने उनका प्रतिस्पर्धी खेमराज पौडेलले ९ हजार २ सय २४ मत ...बाँकी
१५ मंसिर, २०७६ |
एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको घाउ निको हुँदै गएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको छ ।
उनको मिर्गौलालगायत समग्र स्वास्थ्यस्थिति राम्रो रहेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् । ‘प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ, शल्यक्र...बाँकी
१५ मंसिर, २०७६ |
न्युजकोसेली संवाददाता
कास्की निर्वाचन क्षेत्र नम्बर– २ मा सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार विद्या भट्टराईको अग्रता निकै फराकिलो हुँदै गएको छ ।
पछिल्लो मतपरिणाम अनुसार नेकपाकी विद्याले ८ हजार २ सय ६५ मत ल्याएकी छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका खेमराज पौडेलले ३ हजार ६ सय ८२ मत मात्र पाएका छन् ।...बाँकी
१५ मंसिर, २०७६ |
न्युजकोसेली संवाददाता
शनिबार सम्पन्न भक्तपुरको प्रदेशसभा १ (क) को उपनिर्वाचन पछि झन्डै रातभरको मगगणना परिणामअनुसार हालसम्म प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका उम्मेदवारले अग्रता कायम राखेका छन् ।
यसअघि नेकपाका उम्मेदवार निर्वाचित भएको सो क्षेत्रमा उपनिर्वाचनको हालसम्मको मतगणना परिणामअनुसार नेकपाका उम्मेदवार २ हजार ४ स...बाँकी