newskoseli.Com

प्रहरीले गर्‍यो १६ ठाउँमा आगो ताप्ने व्यवस्था

केही दिनदेखि चलेको शीतलहरसँगै बढेको चिसोका कारण जनजीवन कष्टकर बनेपछि शनिबारदेखि कैलालीको टीकापुर नगर क्षेत्रमा प्रहरीको पहलमा आगो ताप्ने व्यवस्था गरिएको छ । स्थानीय सामुदायिक वनसँग गरिएको समन्वयपछि निःशुल्क दाउरा उपलब्ध भई नगर क्षेत्रका १६ ठाउँमा आगो ताप्ने व्यवस्था मिलाइएको इलाका प्रहरी कार्यालय...बाँकी

उडिरहेको हेलिकप्टरबाटै पटक–पटक सामान खस्छ !

खुम्बु क्षेत्रमा कार्गो ढुवानी गर्ने हेलिकप्टरले नियमविपरीत उडान भर्ने गरेका भए पनि जिल्ला प्रशासन कार्यालय भने बेखबर छ । कैलाश र सिम्रिक एयरका हेलिकप्टरले खुम्बु क्षेत्रका विभिन्न ठाउँमा दैनिक उपभोग्यदेखि निर्माण सामग्री समेत ढुवानी गरिरहेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत स्थानीय सुर...बाँकी

जिप दुर्घटनामा प्रहरी जवानको मृत्यु

बुधबार बिहान बैतडीमा जिप दुर्घटना हुँदा एक प्रहरी जवानको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका– १, कैलाली स्थायी ठेगानाका हाल पुरघाट प्रहरी चौकी, हाटमा कार्यरत २४ वर्षीय सुदिप श्रेष्ठको दुर्घटनामा मृत्यु भएको हो । खोड्पेबाट हाटका लागि छुटेको म १ ज ३२९ नम्बरको जिप पुर्चौंडी नगरपालिका– ६, सनगाउँमा प...बाँकी

प्रहरीलाई घुस दिने गोरु व्यापारी र रक्सी व्यापारीसँग घुस खाने प्रहरी पक्राउ

गोरु व्यापार गर्न सहयोग गरिदिन आग्रह गर्दै प्रहरीलाई घुस दिने व्यक्तिलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । वसन्तपुर गाउँपालिका– ४, रुपन्देहीका जहरुद्दीन तेलीले वडा प्रहरी कार्यालय वालिङ, स्याङ्जाका प्रमुख प्रहरी निरीक्षकलाई आफ्नै कार्यकक्षमा काम गरिरहेको अवस्थामा १५ हजार रु...बाँकी

महिलाको कुटपिटबाट पुरुषको मृत्यु !

भानु नगरपालिका– ८, बलीफाँट, तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । राइनास नगरपालिका– ५, लमजुङका ५२ वर्षीय राजकुमार कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । स्थानीय कल्याणी मिश्रलाई हातपात गर्न खोजेपछि प्रतिरक्षामा मिश्रले कुमाललाई कुटपिट गर्दा उनको मृत्यु भएको प्रहरीले जन...बाँकी

‘नेपालको नयाँ नक्सा अविलम्ब जारी गर’ : सरकारलाई संसदीय समितिको निर्देशन

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले लिम्पियाधुरा, लिपुलेक, कालापानी र सुस्तालगायतका नेपाली भूमि समावेश गरी नेपालको नयाँ नक्सा अविलम्ब जारी गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको शुक्रबारको बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा रहेका भारतीय सुरक्षा फौज फिर्ता गराई नेपालको भौग...बाँकी

एक्कासि वर्षा र हिमपात, जनजीवन प्रभावित

एक्कासि मौसममा आएको परिवर्तनसँगै बढेको चिसो र वर्षाले सुदूरपश्चिम प्रदेशका तराईका जिल्ला कैलाली र कञ्चनपुरमा जनजीवन प्रभावित बनेको छ भने पहाडी जिल्लाहरूमा हिमपात समेत भएको छ । हिमपातका कारण ती क्षेत्रको जनजीवन प्रभावित भएको छ । बिहीबार रातिदेखि भएको हिमपातले डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी...बाँकी

चितवनमा पनि बस पल्टियो : १३ घाइते, १० सकुशल

पूर्वी चितवनको भण्डारामा शुक्रबार बिहान बस अनियन्त्रित भई पल्टँदा १३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार वीरगञ्जबाट नारायणगढतर्फ आउँदै गरेको बा ३ ख ८४९० नम्बरको बस अनियन्त्रित भई राप्ती नगरपालिका– ६, हर्दीमा पल्टिएको थियो । प्रहरी कार्यालयका अनुसार बस सडकबाट त...बाँकी

राजधानीमा भूकम्प : कति रेक्टर स्केल, केन्द्रविन्दु कहाँ ?

बिहीबार साँझ राजधानीमा भूकम्पको राम्रै धक्का महशुस भयो । साँझ ७ बजेर ११ मिनेटमा भूकम्प गएको हो । बिहीबार साँझको भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोक भएको र यसको क्षमता ४.८ रेक्टर स्केल भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।...बाँकी

एक्स्काभेटर दुर्घटनामा १ को मृत्यु, ३ घाइते

भीमेश्वर नगरपालिका– २, तिखातल, दोलखामा बुधबार राति एक्स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । राति १० बजे चरिकोटबाट दोलखा बजार जाने क्रममा एक्स्काभेटर दुर्घटना हुँदा बिगु गाउँपालिका– ८, खोपाचागु, दोलखाका २२ वर्षीय राजु थामीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले...बाँकी