newskoseli.Com

राजधानीको तापक्रम ०.६ डिग्री : यस्तो छ ३ दिनको मौसमी पूर्वानुमान

केही दिनदेखि उपत्यकाको तापक्रम निरन्तर घट्दै गइरहेको छ । शनिबार उपत्यकाको न्यूनतम तापक्रम ०.६ डिग्री सेल्सियसमा झरेको छ । यो नै यस वर्ष मापन गरिएको काठमाडौं उपत्यकाको सबैभन्दा कम तापक्रम हो । शुक्रबार उपत्यकाको तापक्रम १.२ डिग्री सेल्सियस थियो । तापक्रम घटेर चिसो बढ्नुको कारण कुनै नयाँ प्रणालीको ...बाँकी

प्रहरीका डीआईजीलाई नै सडकमा चक्कु ताक्ने यी महिला…

महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेल (डीआईजी) सहितको टोली शुक्रबार राति ९ बजे सडक अनुगमनमा थियो । टोलीमा काठमाडौं महानगरपालिका, मानवसेवा आश्रम, प्रहरी, पत्रकार र विभिन्न सङ्घ–संस्थाका प्रतिनिधि सहभागी थिए । कमलादीस्थित गणेशमन्दिर नजिक सडक छेउमा एक दम्पत्ति ओढ्...बाँकी

समाजवादी पार्टीले फिर्ता लियो सरकारलाई दिएको समर्थन

मंगलबार सरकार छाडेको समाजवादी पार्टीले सरकारलाई दिँदै आएको समर्थन पनि फिर्ता लिएको छ । सो पार्टीका दुई नेताले मन्त्री पदबाट राजीनामा दिएको भोलिपल्ट बुधबार सरकारलाई दिँदै आएको समर्थन फिर्ता गर्दै सशक्त प्रतिपक्षमा बस्ने निर्णय गरिएको जानकारी सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले दिएका छन् । संविधान ...बाँकी

एनसेलको टावर हटाउन विप्लव नेकपाले पठायो घरधनीलाई पत्र (पत्रसहित)

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको कैलाली जिल्ला सङ्गठन समितिले बर्दगोरिया– २ का मधु रिजाललाई पत्र काट्दै आफ्नो घरबाट ‘देशको अर्बौं राजस्व लुट्ने’ एनसेलको टावर हटाउन अनुरोध गरेको छ । जिल्ला पार्टीका तर्फबाट घरधनीलाई लेखिएको पत्रमा भनिएको छ– ‘यहाँलाई अवगत नै छ, जनताको श्...बाँकी

विप्लव नेकपाद्वारा गाउँपालिका अध्यक्षको अपहरण !

दैलेखको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही र उनकी पत्नी इलामल्ल शाहीलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले अपहरण गरेको सरकारी संयन्त्रको दावी छ । ठाटीकाँध गाउँपालिका– २, श्रीपाटामा रहेको घरबाट राति १२ बजे शाही दम्पती अपहरणमा परेको जिल्ला प्रहरी कार्यालयले जानकारी द...बाँकी

बहुचर्चित ‘एमसीसी’ का यस्ता छन् विशेषता

नेपालको भौतिक पूर्वाधार विकासका लागि अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत अनुदान सहयोग उपलब्ध गराउने भनिएको रकम अर्को बहुचर्चित इन्डो–प्यासिफिक रणनीतिको अंग नभएको दावी गर्दै मिलेनियम च्यालेन्ज एकाउन्ट, नेपाल (एमसीए) ले त्यसलाई सङ्घीय संसदबाट अनुमोदन गर्नु जरुरी रहेको बताएको छ । ...बाँकी

प्रहरीले गर्‍यो १६ ठाउँमा आगो ताप्ने व्यवस्था

केही दिनदेखि चलेको शीतलहरसँगै बढेको चिसोका कारण जनजीवन कष्टकर बनेपछि शनिबारदेखि कैलालीको टीकापुर नगर क्षेत्रमा प्रहरीको पहलमा आगो ताप्ने व्यवस्था गरिएको छ । स्थानीय सामुदायिक वनसँग गरिएको समन्वयपछि निःशुल्क दाउरा उपलब्ध भई नगर क्षेत्रका १६ ठाउँमा आगो ताप्ने व्यवस्था मिलाइएको इलाका प्रहरी कार्यालय...बाँकी

उडिरहेको हेलिकप्टरबाटै पटक–पटक सामान खस्छ !

खुम्बु क्षेत्रमा कार्गो ढुवानी गर्ने हेलिकप्टरले नियमविपरीत उडान भर्ने गरेका भए पनि जिल्ला प्रशासन कार्यालय भने बेखबर छ । कैलाश र सिम्रिक एयरका हेलिकप्टरले खुम्बु क्षेत्रका विभिन्न ठाउँमा दैनिक उपभोग्यदेखि निर्माण सामग्री समेत ढुवानी गरिरहेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत स्थानीय सुर...बाँकी

जिप दुर्घटनामा प्रहरी जवानको मृत्यु

बुधबार बिहान बैतडीमा जिप दुर्घटना हुँदा एक प्रहरी जवानको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका– १, कैलाली स्थायी ठेगानाका हाल पुरघाट प्रहरी चौकी, हाटमा कार्यरत २४ वर्षीय सुदिप श्रेष्ठको दुर्घटनामा मृत्यु भएको हो । खोड्पेबाट हाटका लागि छुटेको म १ ज ३२९ नम्बरको जिप पुर्चौंडी नगरपालिका– ६, सनगाउँमा प...बाँकी

प्रहरीलाई घुस दिने गोरु व्यापारी र रक्सी व्यापारीसँग घुस खाने प्रहरी पक्राउ

गोरु व्यापार गर्न सहयोग गरिदिन आग्रह गर्दै प्रहरीलाई घुस दिने व्यक्तिलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । वसन्तपुर गाउँपालिका– ४, रुपन्देहीका जहरुद्दीन तेलीले वडा प्रहरी कार्यालय वालिङ, स्याङ्जाका प्रमुख प्रहरी निरीक्षकलाई आफ्नै कार्यकक्षमा काम गरिरहेको अवस्थामा १५ हजार रु...बाँकी