१५ बैशाख, २०८० |
न्युजकोसेली संवाददाता
प्रतिनिधिसभामा शुक्रबार १० वटा विषयगत समिति गठन गरिएका छन् । बैठकमा राजनीतिक दलहरुले सिफारिस गरेअनुसार सांसदहरुको नाम सभामुख देवराज घिमिरेले प्रस्तावित गरे । सदस्यहरुको उक्त नामावली प्रतिनिधिसभाले अनुमोदन गरेपछि विषयगत समितिहरु गठन भएका हुन् ।
अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उ...बाँकी
३० चैत्र, २०७९ |
न्युजकोसेली संवाददाता
दसवर्षे जनयुद्धको ‘अन्त्य’ गर्ने गरी सम्पन्न भएको शान्ति सम्झौताको मुख्य मर्म र प्रावधानविरूद्ध गएर हालै सर्वोच्च अदालतमा दायर गरिएको मुद्धाका सन्दर्भमा मागिएको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लिखितरूपमा दिएका छन् । आफूविरुद्ध दायर भएको रिट निवेदनका सन्दर्भमा जवाफ पेस गर्दै नेकपा (माओ...बाँकी
२२ चैत्र, २०७९ |
न्युजकोसेली संवाददाता
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच ‘शिष्टाचार भेटवार्ता’ भएको छ । बुधबार गृह मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्ध र सहयोग आदानप्रदान सम्बन्धमा छलफल भएको उपप्रधानमन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।
भेटवार्...बाँकी
१० चैत्र, २०७९ |
न्युजकोसेली संवाददाता
राष्ट्रिय जनगणना, २०७८ को नतिजा शुक्रबार सार्वजनिक गरिएको छ । राजधानीस्थित एक पाँचतारे होटलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय जनगणनाको नतिजा सार्वजनिक गरेका हुन् ।
राष्ट्रिय जनगणना, २०७८ अनुसार (जनगणना सन्दर्भ दिन, २०७८ मंसिर ९ मा) नेपालको जनसंख्या २ करोड ९१...बाँकी
१० चैत्र, २०७९ |
न्युजकोसेली संवाददाता
विक्रम सम्बत् २०८० सालभरि नेपाल राष्ट्र र प्रदेश सरकारले दिने बिदाहरुको सूची संघीय गृह मन्त्रालयले सार्वजनिक गरेको छ । नेपाल राजपत्रमा सार्वजनिक बिदा र नियमित बिदाहरुको सूची प्रकाशित गर्दै सरकारले बिदाहरुबारे स्पष्ट पारेको हो ।
यी हन् २०८० सालभरिका बिदाहरु–
...बाँकी
४ चैत्र, २०७९ |
न्युजकोसेली संवाददाता
१ फागुन, २०५२ देखि सुरू भएर दस वर्षसम्म चलेका सशस्त्र माओवादी जनयुद्धको सिलसिलामा ज्यान गुमाएकाहरूलाई नेपाल सरकारले सहिद घोषणा गर्दै राजपत्रमा नमावली प्रकाशन गरेको छ ।
मन्त्रिपरिषद बैठकले निर्णय गरेअनुरूप ‘सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली’ नेपाल राजपत्रमा प...बाँकी
३० फाल्गुन, २०७९ |
न्युजकोसेली संवाददाता
बहालवाला राष्ट्रपति तथा उपराष्ट्रपतिले मासिक पारिश्रमिक, आवास, सुरक्षाकर्मी, इन्धन, सञ्चार, चाडपर्व खर्च, उपचार खर्च, बीमा सुविधा, विज्ञतासम्बन्धी व्यवस्था, निजी सचिवलायलगायतका सेवा–सुविधा पाउँछन् । ती सेवा–सुविधा उपलब्ध गराउन राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७४ को व्य...बाँकी
३० फाल्गुन, २०७९ |
न्युजकोसेली संवाददाता
विभिन्न धार र घटकमा विभाजित माओवादी खेमाहरुले संयुक्त रुपमा नागरिक अगुवा र बुद्धिजीवीहरूसँग छलफल गर्दैछन् । विस्तृत शान्ति सम्झौता, शान्ति प्रक्रियाको पूर्णता र विरोधीहरुका पछिल्ला हर्कतबारे माओवादी धारका पार्टीहरूले राजधानीमा मंगलबार (आज) बुद्धिजीवी र नागरिक अगुवाहरूसँग छलफल गर्न लागेका हुन् ।
२...बाँकी
२१ फाल्गुन, २०७९ |
न्युजकोसेली संवाददाता
त्रिभुवन विश्वविद्यालयअन्तर्गत देशभरका ६२ आंगिक क्याम्पमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गर्ने तयारी भएको छ । यीमध्ये कीर्तिपुरस्थित आयुर्वेद क्याम्पस र लमजुङस्थित कृषि क्याम्पसमा भने निर्वाचन प्रक्रिया रोकिएको छ ।
विद्यार्थी संगठनबीच निरन्तर झडप भएकाले लमजुङ कृषि क्याम्पसमा नि...बाँकी
१२ माघ, २०७९ |
न्युजकोसेली/विशेष संवाददाता
डा. अनिलविक्रम कार्कीले ‘हेड एण्ड नेक क्यान्सर’ सर्जरी विषयमा सन् २००७ मा एमएस गरे । ४७ वर्षे डा. कार्की भरतपुर क्यान्सर अस्पतालमा कार्यरत छन् । उनी सिनियर क्यान्सर सर्जन हुन् ।
हक्की स्वभावका डा. कार्की अहिलेसम्म नेपाल चिकित्सक सङ्घका उपाध्यक्ष हुन् । आसन्न अनिवेशनमार्फत उनी अध्यक्ष पदको सशक्त द...बाँकी