newskoseli.Com

५६२८२ शिक्षक अपुग, १५ जिल्लामा चाहिनेभन्दा बढी

देशभर ५६ हजार २ सय ८२ शिक्षकको अभाव देखिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अबको दुई महिनाभित्र देशैभर शिक्षक दरबन्दी पुनर्वितरण गर्ने गरी काम सुरू गरिएको जनाए तापनि अपुग रहेका शिक्षकको बारेमा के गर्ने भन्नेमा निर्णय गर्न सकेको छैन । तथ्यांकअनुसार सबैभन्दा बढी शिक्षकको अभाव मावि तहमा ...बाँकी

स्कुल बसलाई नयाँ नियम : ९ बजेभित्र छिरिसक्नुपर्ने !

सरकारले स्कुल बसहरुलाई बिहान नौ बजेभित्र अनिवार्यरुपमा स्कुल कम्पाउन्डभित्र प्रवेश गरिसक्नुपर्ने व्यवस्था गर्न लागेको छ । १ माघदेखि नै लागू हुने गरी सरकारले यस्तो नियम बनाउन खोजे पनि सरोकारवालाहरुसँगको सुझावअनुसार केही समयपछि मात्र यस्तो नियम लगाउनेमा सरकार पुगेको छ । सरकारले काठमाडौं उपत्यकाको ट...बाँकी

त्रिविका नयाँ उपकुलपतिद्वारा पनि ‘भर्तीकेन्द्र’ बनाउने क्रम यथावत

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाले फेरि भागबण्डाको राजनीति सुरू गरेका छन् । करिव डेढ महिनाअघि उपकुलपति नियुक्त भएका बास्कोटाले केही दिनअघि पूर्वएमाले निकट दुई जनालाई उच्च पदमा नियुक्त गरेर आफ्नो प्रतिबद्धतालाई मजाक बनाएका छन् । पूर्वएमालेको कोटाबाट उपकुलपतिमा नियुक्त ...बाँकी

‘निजी विद्यालयको स्वार्थमा’ शिक्षा नीति !

दस वर्षभित्र सबै निजी शिक्षालयलाई मुनाफारहित सार्वजनिक शैक्षिक संस्था (गुठी) मा परिणत गर्ने आफ्नै घोषणाबाट सरकार पछि हटेको छ  । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको सुझाव र सिफारिसविपरीत सरकारले सबै निजी शिक्षालयप्रति झन् खुकुलो नीति सार्वजनिक गरेको छ । संघीय संरचनाअनुसार समग्र शिक्षा नीति तय गर्न ...बाँकी

जसले साटिदिए परीक्षार्थीका उत्तरपुस्तिका : त्रिवि कर्मचारीको यो हदको अपराध !

सामान्यतः परीक्षाको आफ्नै मर्यादा हुन्छ । तह उत्तीर्ण गर्ने तथा गराउने सन्दर्भमा लिइने परीक्षाको मानक पनि कानुन र विधिले निर्धारण गरेको हुन्छ । परीक्षा लिने निकायमा संलग्न व्यक्तिले नै बदमासी गर्लान् भनेर कल्पना समेत गर्न सकिँदैन । तर, देशकै ठूलो र पहिलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयका कर्मचा...बाँकी

त्रिविको गैरजिम्मेवारी : विद्यार्थीको भविष्यमाथि यसरी गर्छ खेलबाड !

त्रिभुवन विश्वविद्यालयले शोधको विषयमा पाठ्यक्रमभन्दा बाहिरको प्रश्न परेको उजुरीलाई बेवास्ता गर्दै आएको छ । त्रिुभवन विश्वविद्यालयको गैरजिम्मेवारीका कारण पटक–पटक विभिन्न विषयमा पाठ्यक्रमभन्दा बाहिरबाटै प्रश्न आउने गरेको विद्यार्थीको गुनासो बढ्न थालेपछि विश्वविद्यालय अनुदान आयोगले विश्वविद्यालयसँग ...बाँकी

त्रि–चन्द्र क्याम्पसको स्थापना दिन नै थाहा छैन !

अनुसन्धानकर्ताहरूका लागि राजधानीस्थित प्रसिद्ध त्रि–चन्द्र बहुमुखी क्याम्पसको स्थापना मिति खोजको विषय बन्न सक्ने देखिएको छ । क्याम्पसले स्थापना दिवस मनाउने मिति र इतिहासकारहरूले उल्लेख गरेको मिति ठ्याक्कै मिल्दैन । महिना मिले पनि गते फरक पाइएको छ । स्थापनाकालको लिखत क्याम्पससँग छैन । इतिहासकारहरू...बाँकी

‘कामै नलाग्ने भए त नेपालका विश्वविद्यालय ?’

विदेश पढ्न जाने नेपाली विद्यार्थीको संख्या हरेक वर्ष बढेको तथ्यांकले देखाएको छ । विदेश अध्ययनका निम्ति शिक्षा मन्त्रालयले दिने ‘नो अब्जेक्सन सर्टिफिकेट (एनओसी)’ लिनेको संख्या ८ वर्षमा करिव ५ गुणा बढेको छ । आर्थिक वर्ष २०७५/७६ मा ६३ हजार २ सय ५९ जनाले एनओसी लिएका छन् भने २०६८/६९ मा १० हजार ३ सय २४...बाँकी

पढ्न विदेश जान्छन् एकै वर्षमा ६३ हजार, अस्ट्रेलिया जाने सर्वाधिक

आर्थिक वर्ष २०७५–२०७६ मा नेपालबाट ‘नो अब्जेक्सन लेटर (एनओसी)’ लिने विद्यार्थीको संख्या ६३ हजार २ सय ५९ पुगको छ । विदेश अध्ययन गर्न जाने विद्यार्थीको संख्या घट्दै गएको दाबी सरकारले गरे तापनि आर्थिक वर्ष २०७४–२०७५ को तुलानमा गत वर्ष विदेशिने विद्यार्थीको संख्या ५ हजार बढेको हो । शिक्षा मन्त्रालयको ...बाँकी

इन्जिनियरिङ पढ्न प्रवेश परीक्षाबिनै विदेश : यसरी पाए धोका !

विदेश गई इन्जिनियरिङ पढ्न चाहने विद्यार्थीलाई प्रवेश परीक्षा नै नलिई पठाउँदा जानेले बारम्बार धोका पाएका छन् । विदेशी कलेजले योग्यताका आधारमा मात्र भर्ना लिने तर कुरै नबुझी विदेश जाने विद्यार्थीसँग आधारभूत योग्यता समेत नहुने भएका कारण उनीहरुको भविष्य संकटमा पर्ने गरेको छ । वार्षिक करिव ६ हजार नेपा...बाँकी