२९ पुष, २०७५ |
रुपन्देही, २९ पुस ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका– १०, शंकरपुरमा तस्कर र प्रहरीबीच दोहोरो फायरिङका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ ।
तस्कर नियन्त्रण गर्न शनिबार राति साढे १२ बजे सादा पोसाकमा खटिएका प्रहरीले तस्करलाई नियन्त्रणमा लिन खोज्दा मुठभेड भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार मुठभेड...बाँकी
२८ पुष, २०७५ |
काठमाडौं, २८ पुस ।
असाध्यै आलोकाँचो, उट्पट्याङ र अराजनीतिक हौवा फैलाउँदै ‘प्रोफेसनल’ जीवनबाट निवृत्त भएर राजनीतिक जीवनमा प्रवेश गरेका रवीन्द्र मिश्र यतिबेला रन्थनिन पुगेका छन् ।
प्रदेशसभा–प्रतिनिधिसभाको चुनाव अघि दुई संयोजक रहने गरी विवेकशील नेपाली भन्ने समूहसँग एकीकृत भएर बनेको विवेकशील साझा पार्टीको एउटा समूहले प...बाँकी
२७ पुष, २०७५ |
न्युजकोसेली संवाददाता
विदेशी गैरसरकारी संस्था (आईएनजीओ) हरुद्वारा सञ्चालित राजनीतिक दलका रुपमा चिनिँदै आएको रवीन्द्र मिश्र–उज्वल थापा नेतृत्वको विवेकशील साझा पार्टी विधिवत ढंगबाटै विभाजन भएर दुई टुक्रा बनेको छ ।
पार्टीको वैचारिक दृष्टिकोणमा असहमति जनाउँदै उज्वल थापाको नेतृत्वमा एक समूह विभाजित भएको हो । सो पक्षले नयाँ...बाँकी
२७ पुष, २०७५ |
भरतपुर, २७ पुस ।
महिला हिंसाका घटना न्यूनीकरण गर्ने उद्देश्ले प्राज्ञिक विद्यार्थी परिषद् चितवनले किशोरीहरूलाई ‘आत्मरक्षा तालिम’ दिएको छ ।
पहिलो चरणमा जिल्लाका १ सय १३ जना किशोरीलाई एक हप्ते आत्मरक्षा तालिम दिइएको हो । भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसको खुला चौरमा दिउँसो २ बजेपछि तालिम सञ्चालन गरिएको छ ।
ता...बाँकी
२७ पुष, २०७५ |
लहान, २७ पुस ।
विद्युत् प्राधिकरण वितरण केन्द्र लहानबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले लहानको पड्रिया, मटियर्वा, बर्छवालगायतका स्थानबाट विद्युत् चोरी गर्ने २४ जनालाई पक्राउ गरेको छ ।
हुकिङ गरी विद्युत् चोरी गर्ने दुई दर्जन व्यक्तिलाई विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले शुक्रबार पक्राउ गरेको छ । विद...बाँकी
२६ पुष, २०७५ |
कालिका खड्का
द्वन्द्वकालमा श्रीमान् बेपत्ता भएका चितवनको खैरेनी नगरपालिका– १३ की सीतादेवी अधिकारी र माडी नागरपालिका– ७ की मोहनकला आचार्यले सरकारले प्रदान गर्ने राहत अहिलेसम्म पनि पाएका छैनन् ।
परिवार बेपत्ता भएको कागजपत्र जिल्लास्थित शान्ति समितिमा बुझाइसके पनि सरकारले प्रदान गर्ने राहत रकम उनीहरुले अहिलेसम्म...बाँकी
२६ पुष, २०७५ |
सिन्धुली, २६ पुस ।
बलात्कार, हत्या तथा बेपत्ताको आरोप लागेका ‘लिटिल बुद्ध’ भनिने रामबहादुर बम्जनको एउटा आश्रमबाट बिहीबार एक ‘महात्मा गुरु’ लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका– ८, स्थित पैरे धापसार भन्ने स्थानमा रहेको आश्रममा सिन्धुपाल्चोकबाट आएको प्रहरीले ‘सोधपुछका लागि’ ती ‘महात्मा गुरु...बाँकी
२६ पुष, २०७५ |
चितवन, २६ पुस ।
इच्छाकामना गाउँपालिका भित्रको स्वास्थ्य संस्थामा जन्मिएका छोरीको नाममा गाउँपालिकाले रकम सहितको बैंक खाता खोलिदिने भएको छ ।
गाउँपालिकाले एक जना बालिकाको खातामा ५ हजार रुपैयाँ जम्मा गरी अभिभावकले समेत कम्तिमा ५ हजार रुपैयाँ जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ । भ्रुण–हत्या बढ्न थालेपछि सो अभियान सुरु...बाँकी
२५ पुष, २०७५ |
चितवन, २५ पुस ।
जिल्ला मालपोत कार्यालय भरतपुरका लेखा अधिकृत रिठ्ठे दर्जी १ करोड ७१ लाख रुपैयाँ हिनामिना गरी फरार भएका छन् ।
कार्यालय प्रमुख लालकृष्ण शर्मा पौडेलका अनुसार दर्जी मङ्सिर २५ देखि नै सम्पर्कविहीन भएका हुन् । आन्तरिक लेखापरीक्षण (आलेप) का क्रममा रकम बेरुजु देखिएपछि लेखा अधिकृत दर्जी फरार भएको उनले बताए...बाँकी
२५ पुष, २०७५ |
बाजुरा, २५ पुस ।
बाजुराको उत्तरी भेगको बूढीनन्दा नगरपालिका– ९ स्थित एक छाउगोठमा आगोले जलेर आमासहित दुई बालकको मृत्यु भएको छ ।
छाउगोठमा अत्यधिक चिसो भएपछि ताप्नका लागि बोलेको आगो निभाउन बिर्सिंदा भएको आगलागीबाट आमासहित दुई बालकको मृत्यु भएको हो । सोही नगरपालिका– ९, अगाउँपानीमा बस्ने ३५ वर्षीया आमा अम्बा बोहरा, उनक...बाँकी