newskoseli.Com

नयाँ प्रधानसेनापति थापालाई राष्ट्रपतिबाट दर्ज्यानी र सपथ (६ तस्बिरमा हेर्नुहोस्)

राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापति रथी पूर्णचन्द्र थापालाई आइतबार महारथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेकी छन् । राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति हुन् । राष्ट्रपतिभवन शीतलनिवासमा आयोजित विशेष समारोहमा उनले रथी थापालाई महारथीको दर्ज्यानी चिह्न प्रदान गरी प्रधान स...बाँकी

नेकपा इलामको अफिसमा ३ वटा बम !

इलामको सदरमुकाममा तीन वटा बम फेला परेका छन् । इलाम नगरपालिका– ७, नारायणस्थान नजिकै रहेको तत्कालीन नेकपा (माओवादी केन्द्र) इलामको पार्टी कार्यालय छेउमा बम फेला परेका हुन् । पार्टी कार्यालयमा पुराना दुईवटा सकेट बम र एउटा सुतली बम भेटिएको जानकारी जिल्ला प्रहरी कार्यालय इलामले दिएको छ । बम भेटिएको...बाँकी

को–को हुन् नयाँ शक्तिको प्रचार र सञ्चार मोर्चा हाँक्नेहरु ?

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले सही र तथ्यपरक सूचना सम्प्रेषण गर्न पत्रकारलाई आग्रह गरेका छन् । सो पार्टीको प्रदेश नं. ३ को प्रचार विभाग र नेपाल प्रेस सोसाइटी ३ नं. प्रदेशको नवगठित कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई शनिबार बधाई दिँदै डा. भट्टराईले देश र समाजका सबै क्षेत्र...बाँकी

नेकपा अध्यक्ष प्रचण्ड र भारतीय पूर्वप्रधानमन्त्री सिंहबीच भेटवार्ता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय कांग्रेस पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री मनमोहन सिंहबीच शनिबार भेटवार्ता भएको छ । सो अवसरमा सिंह भारतको प्रधानमन्त्री भएका बेला नेपालसँग भएका समझदारी, छलफल र नेपालमा शान्ति प्रक्रियालाई अगाडि ...बाँकी

अपडेटः ‘दर’ खाँदा बिरामी हुनेको संख्या ३७९ पुग्यो

काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका– १२, काँसकोटमा शनिबार भएको ‘तीज’ को ‘दर’ खाने क्रममा विषाक्त खानाका कारण बिरामी हुनेको सङ्ख्या ३ सय ७९ पुगेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार १ सय ३५ जनाको अस्पताल भर्ना गरी उ...बाँकी

हेलिकप्टर दुर्घटनामा ६ को मृत्यु, १ को उद्धार : शव आइतबार काठमाडौं ल्याइने

गोरखाको सामागाउँबाट यात्रु लिएर काठमाडौं फर्कंदै गरेको अल्टिच्युड एयरलाइन्सको हेलिकप्टर दुर्घटनामा परी ६ को हुनुका साथै १ घाइतेको उद्धार गरिएको छ । मृत्यु भएकाको शव आइतबार बिहान काठमाडौं ल्याइने भएको छ । उद्धारमा गएको हेलिकप्टर घटनास्थल जजिकै अवतरण भएको छ र घटनास्थलबाट शव सङ्कलन गरी त्यस स्थानसम्...बाँकी

‘तीज’ को ‘दर’ खाँदा ५० जना बिरामी, बालबालिका सिकिस्त !

पाँचखाल नगरपालिका– १२, काँसकोटमा तीजको दर खाँदा ५० जनाभन्दा बढी बिरामी भएको प्रहरीले जनाएको छ । स्थानीय ग्रामीण स्वावलम्बन बहुद्देश्यीय सहकारी संस्था लि. ले शनिबार ‘तीज विशेष दर खाने कार्यक्रम’ आयोजना गरी २ सय जनालाई दर खुवाएको थियो । विषाक्त खानाका कारण बिरामी भएका उनीहरूको स्थानीय मेडिकलमा सामा...बाँकी

९०० लिटर घरेलु मदिरा बरामद गर्‍यो प्रहरीले

महोत्तरी जिल्लाको उत्तरी क्षेत्रमा प्रहरीले अवैध मदिरा खोजतलास अभियान अन्तर्गत ६०० लिटर अवैध मदिरा नियन्त्रणमा लिएको छ । यसै साताको प्रारम्भसँगै सञ्चालन गरिएको अभियानमा ६०० लिटर तयार घरेलु मदिरा र ३०० लिटर मदिरा बनाउने कच्चा पदार्थ नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको हो । ज...बाँकी

रोडा–बालुवा ‘चोर्ने’ ९ एक्स्काभेटर प्रहरीको नियन्त्रणमा

इलाका प्रहरी कार्यालय, मेलम्चीले साउनयता विभिन्न स्थानबाट अनाधिकृत रुपमा रोडा–बालुवालगायतका नदीजन्यपदार्थ उत्खनन गर्ने ९ एक्स्काभेटरलाई नियन्त्रणमा लिएको छ । नदीजन्य पदार्थ बोक्ने कार्यमा संलग्न १६ ट्रक, ७ मिनीट्रक र ६ ट्रयाक्टर गरी ३८ सवारी साधन बरामद गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएक...बाँकी

भूकम्प–विनाश : ६.६ म्याग्निच्युड, ८ को मृत्यु, सयौं बेपत्ता…

      उत्तरी जापानको होक्काइदो द्विपमा बिहीबार ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि भवनहरु भत्किएर र भूस्खलनमा परी ८ व्यक्तिको मृत्यु हुनुका साथै दर्जनौं बेपत्ता भएको प्रारम्भिक खबर प्राप्त भएको छ ।   विस्तृत समाचार पढ्न तलको लिंकमा क्लि गर्न...बाँकी