१० मंसिर, २०७६ |
न्युजकोसेली संवाददाता
त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’ मा प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका क्रममा मंगलबार बिहान सो अस्पताल पुगेका थिए ।
उहाँलाई एपेन्डिसाइटिस भएको पत्ता ...बाँकी
९ मंसिर, २०७६ |
विवाह पञ्चमीको अवसरमा १०८ जोडी वर–कन्याको एउटै मण्डपमा विवाह हुने भएको छ । ‘माता’ जानकीको जन्मभूमि जनकपुरधाममा मङ्सिर १५ मा हुन लागेको विवाह पञ्चमी महोत्सवमा १०८ जोडी सर्वसाधारण वर–कन्याको सामूहिक विवाह हुन लागेको जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले बताएका छन् ।
जनकपुरस्थित जानकी मन्दिर...बाँकी
९ मंसिर, २०७६ |
पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् सदस्यमा तीन जना सदस्य मनोनीत भएका छन् ।
कोष सञ्चालक परिषद् अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको मन्त्रीस्तरीय निर्णयअनुसार संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोला, विश्वकरण जैन र आशा पाण्डे सदस्य पदमा मनोनीत भएका हुन् । संस्कृ...बाँकी
९ मंसिर, २०७६ |
न्युजकोसेली संवाददाता
पोखरा महानगरपालिका– ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यको पोखरा– १७, हिमालीटोलस्थित निवासमा पार्किङ गरी राखिएको गाडी बम विष्फोट गरी ध्वस्त पारिएको छ ।
सोमबार बिहान पौने ३ बजेतिर ग २ च ४२६ नम्बरको वडाध्यक्ष आचार्य चढ्ने हाइलक्स गाडीमा बम विष्फोट गराइएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख विनोद शर...बाँकी
८ मंसिर, २०७६ |
न्युजकोसेली संवाददाता
लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको वास्तविक नक्सा सार्वजनिक गरिएको छ । नागरिक समाजका तर्फबाट गठन गरिएको सीमा बचाऊ अभियान अन्तर्गतको नक्सा समितिले तयार पारेको नक्सा आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी सार्जजनिक गरिएको हो ।
नागरिक अगुवा एवं सीमा बचाऊ अभियानका संयोजक भैरव रिसालले नक्...बाँकी
८ मंसिर, २०७६ |
शनिबार बिहान राजधानीको आकाशमा अनौठो विमान देखा परेपछि उपत्यकावासी अचम्मित भएका थिए । राजधानीलाई दुई फन्को लगाएको उक्त अनौठो जहाज कहाँबाट नेपाल प्रवेश गर्यो र कुन प्रयोजनका लागि सो विमानले राजधानीको परिक्रमा गर्यो भन्ने विषयमा कसैले पनि उत्तर दिन सकेन ।
उक्त विमान भारतीय एयरफोर्सको भएको हवाई क्ष...बाँकी
७ मंसिर, २०७६ |
समाजवादी पार्टी नेपालकी केन्द्रीय सदस्य देवकला प्रसाईंसहित झापाका केही कार्यकर्ताले सो पार्टी परित्याग गरेका छन् ।
प्रसाईंसहित सो पार्टीको १ नम्बर प्रदेश कमिटीकी सदस्य पनिता ढकाल, सङ्घीय परिषद् सदस्य उदय गुरुङ, शिल्पी मोर्चाका केन्द्रीय सदस्य बुद्ध बराइलीलगायतले समाजवादी पार्टी परित्याग गरेका हुन...बाँकी
७ मंसिर, २०७६ |
नेपालको लिम्पियाधुरा क्षेत्रको भूभाग समेटेर भारतले फेरि दोस्रो पटक आफ्नो नक्सा सार्वजनिक गरेको छ । नेपाल र नेपालीलाई झुक्याउने यो हर्कतसँगै तीव्र विरोध सुरु भएको छ ।
यसअघि सार्वजनिक गरेको नक्सामा रहेको ‘काली नदी’ शब्द मेटेर उसले त्यही नक्सा सार्वजनिक गरेको हो । नदीको नाम नै मेटेर भारतले त्यो भूभा...बाँकी
६ मंसिर, २०७६ |
विश्व मत्स्य दिवस, २०७६ का अवसरमा पोखरास्थित फेवातालमा माछाका १० हजार भुरा छाडिएका छन् ।
आयातीत माछाका प्रजातिका कारणले परम्परागत र स्थानीय माछा लोप हुने खतरा बढेपछि मत्स्य अनुसन्धान केन्द्र पोखराले बिहीबार फेवातालमा सहर जातका माछाका भुरा छाडेको हो । स्थानीय प्रजातिका माछाको सङ्ख्या बढाउने उद्देश...बाँकी
६ मंसिर, २०७६ |
न्युजकोसेली संवाददाता
थाक्रे गाउँपालिका, धादिङका जनप्रतिनिधि, विद्यालयका शिक्षक, स्वास्थ्यकर्मी, समाजसेवी, स्थानीय राजनीतिक दलका प्रतिनिधिलगायतका लागि मनोसामाजिक समस्याबारे एकदिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।
‘मानसिक एवं मनोसामाजिक सुस्वास्थ्यका लागि राष्ट्रिय अभियान नेपाल’ नामक संस्थाको प्राविधिक सहयोग र थाक...बाँकी