९ पुष, २०७५ |
रुपन्देही ९, पुस ।
किशोरकिशोरी तथा युवामाथि हुने जोखिम कम गर्न सरकारले मोबाइल एप्स ‘खुल्दुली’ शुभारम्भ गरेको छ ।
किशोरकिशोरी तथा युवायुवतीलाई यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सूचना दिने उद्देश्यले तयार पारिएको मोबाइल एप्स ‘खुल्दुली’ सोमबार एक कार्यक्रमबीच बुटवलमा शुभारम्भ गरिएको हो ।
संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख...बाँकी
२४ मंसिर, २०७५ |
काठमाडौं २४ मंसिर ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज परिसरभित्र एक वृद्धले आत्महत्या गरेका छन् ।
काठमाडौँ महानगरपालिका–३ धारामार्ग बस्ने ७६ वर्षीय कृष्णबहादुर बोहराले आइतबार साँझ झुण्डिएर आत्महत्या गरेका हुन् ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसार्इंले...बाँकी
१८ मंसिर, २०७५ |
काठमाडौं, १८ मङ्सिर ।
नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले १५६औं पटक रक्तदान गरेका छन् ।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा उपचारार्थ भर्ना भएका बिरामीका लागि मंगलबार उनले रक्तदान गरेका हुन् । सो अवसरमा अस्पतालका निर्देशक डा. जागेश्वर गौतमले रक्तदानको निरन्तरताका लागि रक्तदाता ...बाँकी
१८ मंसिर, २०७५ |
काठमाडौं, १८ मङ्सिर ।
राजधानीमा कोरियन प्रविधिको थेरापीमार्फत स्वस्थ्य सेवा प्रदान गर्न थालिएको छ ।
लामो समय अमेरिकामा बसेर फर्केका बाँकेका प्रमेश शर्माले कोरियामा निर्मित थेरापी मेसिन नेपाल ल्याएर सेवा दिन थालेका हुन् । उक्त थेरापी मेसिनले शरीरमा तापक्रम बढाएर विकार पदार्थ बाहिर निकालेर सन्तुलन कायम गर्ने उनले बताए ।...बाँकी
४ मंसिर, २०७५ |
विनोदसिंह विष्ट
बैतडीका ग्रामीण क्षेत्रका १ सय २७ प्रसूति सेवा केन्द्रमार्फत सुरक्षित प्रसूति सेवा प्रदान गर्न थालिएपछि आमा र नवजात शिशुको मृत्युदरमा कमी आएको छ ।
केन्द्रमार्फत सुरक्षित प्रसूति सेवा प्रदान हुन थालेपछि मातृमृत्यु र शिशु मृत्युदरमा कमी आएको जिल्ला स्वास्थ्य कार्यालयकी पब्लिक हेल्थ नर्स ममता जोशीले...बाँकी
२ मंसिर, २०७५ |
विष्णु नेपाल
नेपालको जेठो र पुरानो वीर अस्पतालले अबको दुई वर्षभित्रै छुट्टै अत्याधुनिक शल्यक्रिया भवन तयार पारिसक्ने भएको छ ।
९ तलाको अत्याधुनिक भवनभित्र पछिल्लो समय विकसित भएका अत्याधुनिक उपकरण जडान गरी चिकित्सा विज्ञानका १५ वटा शल्यक्रिया कक्ष (अपरेसन थियटर) बनइने भएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्...बाँकी
१७ कार्तिक, २०७५ |
काठमाडौं, १७ कात्तिक ।
केही समययता राजधानीमा रगतको चर्को अभाव देखिएको छ । रगत अभाव हुँदा दुर्घटनाका घाइते, नियमित शल्यक्रिया गर्नुपर्ने बिरामी, डेंगु संक्रमित र सुत्केरीका आफन्त समस्यामा परेका छन् ।
मागअनुसार रगत संकलन हुन नसकेको केन्द्रीय रक्तसञ्चार सेवा (ब्लड बैंक) ले जनाएको छ । ‘हिजो (बिहीबार) दुईवटा रक्तदान कार्यक्...बाँकी
१५ कार्तिक, २०७५ |
भीमदत्तनगर, १५ कात्तिक ।
सामान्य बिरामी भएर उपचारका लागि महाकाली अञ्चल अस्पताल आएका ९ जना बिरामीमा डेङ्गुको संक्रमण देखिएको छ ।
भीमदत्तनगरस्थित यस अस्पतालमा एक महिनामा एक महिलासहित ९ पुरुषमा डेङ्गु रोगको संक्रमण देखिएको अस्पतालका सूचना अधिकृत केशवदत्त अवस्थीले जानकारी दिए । ‘सामान्य अवस्थामा रुघा, ज्वरो लागेर आएका ९ जनाल...बाँकी
१२ कार्तिक, २०७५ |
शरद शर्मा
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) ले कर्मचारीको दरबन्दीदेखि यन्त्र उपकरण खरिद प्रक्रियासम्ममा व्यापक अनियमितता गरेको पाइएको छ ।
अनुगमनपछि राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक गरेको छानबिन प्रतिवेदनमा कर्मचारीको दरबन्दी बढी राख्नुका साथै खरिद ऐनविपरीत मेसिन–उपकरण खरिद गरेको पाइए...बाँकी
५ कार्तिक, २०७५ |
भक्तपुर, ५ कात्तिक ।
दसैंको महाअष्टमीका दिन देब्रे छाती बेस्सरी दुखेपछि चाँगुनारायण नगरपालिका, बागिश्वरीका– ४४ वर्षीय रामकृष्ण गिरी उपचारका लागि भक्तपुर अस्पताल आइपुगे ।
बिदाका दिन ओपीडी सेवा बन्द हुने भएकाले आकस्मिक कक्षमा रहेका चिकित्सककहाँ उनले स्वास्थ्य परीक्षण गराए । स्वास्थ्य परीक्षणमा संलग्न चिकित्सकले ‘ग्यास्...बाँकी