newskoseli.Com

थापा भन्छन्-‘स्वास्थ्य मन्त्रालयको दरबन्दीबारे जानकारी छैन’

स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्नो मन्त्रालयअन्तर्गत कति दरबन्दी छ भन्ने जानकारी हालसम्म थाहा नभएको बताए । ग्रीनतारा नामक गैरसरकारी संस्थाद्वारा तयार पारिएको स्वास्थ्य प्रवद्र्धनसम्बन्धी प्रतिवेदन  बुधवार सार्वजनिक गर्ने कार्यक्रममा मन्त्री थापाले मन्त्रालयअन्तर्गत चिकित्सक, जनस्वास्थ्यकर्मी, अ...बाँकी

सुत्केरी महिलाले प्रोत्साहन भत्ता पाएनन्

 सरकारले स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलालाई प्रोत्साहनस्वरुप दिने भत्ता बैतडीका महिलाले भने पाउन सकेका छैनन् । सरकारले सुत्केरी भत्ताँसँगै सुत्केरीलाई घर जानका लागि यातायात भत्तासमेतको व्यवस्था गरेको छ । कात्तिक पहिलो साता सुत्केरी भएकी श्रीकोट–२ की सीता सिंहले हालसम्म पनि सुत्केरी भत्...बाँकी

चिसोका कारण सामुदायिक विद्यालय बन्द

लगातारको शीतलहर र चिसोसँगै जाडो बढेपछि जिल्लाका सबै सामुदायिक विद्यालय १५ दिनका लागि बन्द गरिएका छन् । सामुदायिक विद्यालयमा विपन्न, दलित र सर्वसाधारणका बालबालिका अधिक सङ्ख्यामा रहेका र उनीहरुलाई न्यानो कपडाको अभावमा समस्या सिर्जना हुन थालेपछि आइतवारदेखि विद्यालय बन्द गरिएको जिल्ला शिक्षा कार्या...बाँकी

फोनबाटै गर्भ परीक्षण गराउन निम्ता

दाङका गर्भवती महिलालाई गर्भ परीक्षण गराउन फोनबाटै निम्ता आउने गरेको छ । दाङको धनौरी गाविसका महिलालाई स्वास्थ्य चौकीबाटै यसरी ‘गर्भवती चेक जाँच गराउने समय आएपछि गर्भवती महिलालाई हजुरको गर्भ जाँच गर्ने दिन आयो भनेर फोनबाट बोलाउने गरेको स्वास्थ्य चौकीका निमित्त प्रमुख मोहन रावतले बताए । गर्भवती...बाँकी

शिक्षण अस्पताललाई ७० करोड सहयोग

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई स्वास्थ्यसम्बन्धी उपकरण सुधार परियोजनाका लागि रु ६९ करोड २० लाख अनुदान सहयोग प्रदान गर्ने सहमति गरेको छ । उक्त सहमति पत्रमा बुधवार अर्थ सचिव शान्तराज सुवेदी र नेपालका लागि जापानका राजदूत मासासी ओगावाले हस्ताक्षर...बाँकी

स्वास्थ्य चौकीलाई १० लाखको जग्गा दान

म्याग्दीको निस्कोटका एक दम्पतीले स्वास्थ्य चौकीलाई दश लाख रुपैयाँ मूल्य बराबरको जग्गा सहयोग गरेका छन् । निस्कोट–९ का खड्कचन पुन र उहाँकी श्रीमती निरु पुनले शनिबार गाउँ परिषद्को अवसरमा स्वास्थ्य चौकीलाई तीन रोपनी जग्गा उपलब्ध गराएका हुन। पुन दम्पतीले दिवङ्गत बुबा तुलबहादुर पुनको स्मृतिमा उपलब्ध गराउ...बाँकी

स्वास्थ्यमन्त्री थापाद्वारा क्यान्सर अस्पतालका अध्यक्षसँग स्पष्टीकरण माग

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल अस्तव्यस्त बन्दै गएपछि स्वास्थ्य मन्त्रालयले सञ्चालक समितिका अध्यक्ष र कार्यकारी निर्देशकसंग स्पष्टीकरण माग गरेको छ । मन्त्रालयको टोलीले अस्पतालको अनुगमन गरेर प्रतिवेदन पेस गरेपछि स्वास्थ्य मन्त्री गगन थापाले सञ्चालक समिति अध्यक्ष डा प्रकाशराज न्यौपाने र कार्यक...बाँकी

हामीले छाती पिटीपिटी रोएको त्यो दिन…

प्रसंग आज भन्दा ठीक ६ वर्ष अघि अर्थात् १४ डिसेम्वर सन् २०१० विहान ९ वजेको हो । त्यो दिन अहिले कै समयमा हामी अत्यन्त कठिन परिस्थितिमा थियौं । ५ महिना टेकेकी छोरी साईसा, जो हाम्रो वर्तमान, भबिष्य सबै थिइन् अनि हाँसो खुशी सबै । तर विधिको बिडम्बना भनौ या के छोरी साइसा जन्मदा नै मुटुमा समस्या लिएर जन्मेक...बाँकी

भेटिए १३८ नयाँ कुष्ठरोगी

मोरङमा १ सय ३८ नयाँ कुष्ठरोगी फेला परेका छन् । गएको ४ महिनामा मोरङमा १ सय ३८ जना नयाँ कुष्ठरोगी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयका मोरङका अधिकृत मुलुकचन्द राजवंशीले जानकारी दिए । गत वर्ष मोरङमा २ सय २ जना नयाँ कुष्ठरोगी फेलापरेका थिए । प्रति १० हजारमा १ भन्दा कम कुष्ठरोगीको सङ्ख्या कायम ग...बाँकी

अझै पनि घरमै सुत्केरी हुने समस्या घट्न सकेन

घरमै सुत्केरी हुने समस्याका कारण अझ पनि मातृशिशु मृत्युदरमा कमी आउन सकेको छैन । धादिङ, भोजपुर र सिन्धुपाल्चोकमा मातृ, नवजातशिशु, तथा १ वर्षमुनिका बच्चाको मृत्युदर र त्यसका कारणका बारेमा गरिएको अध्ययनमा शिशु जन्मँदा सास फेर्न कठिनाइ २४.९५, सङ्क्रमण २२.२५, निमोनिया १०.३५ र कमतौल ४.५५ प्रतिशत मृत्यु ...बाँकी