newskoseli.Com

जानीराख्नोस् स्वस्थ र सुखी जीवनका लागि ३१ सूत्र !

ब्रह्माण्ड, विश्व र समाजका हरेक वस्तु विकासशील र विनासशील छन् । सम्पूर्ण सजीव र निर्जीवहरू पनि विकासशील र विनासशील नै छन् ।

अर्को भाषामा भन्दा प्राणीजगतका हरेक वस्तु संघर्षशील र मरणशील छन् । सदव्यवहार र सदुपयोगको माध्यमबाट तिनको जीवन केही लम्ब्याउन र तुलनात्मक रूपले केही कम संघर्षशील गराउन भने अवश्यै सकिन्छ । यो शाश्वत सत्यलाई हृदयंगम गर्दै मानवजीवनको आयु तुलनात्मक रुपले लामो गराउन र संघर्ष वा दुःख–कष्टलाई निकै हदसम्म घटाउन जीवनशैलीका विभिन्न पक्षहरुमा पर्याप्त ध्यान दिनु जरुरी हुन्छ ।

यसै सन्दर्भका केही सूत्रहरुलाई निम्नानुसार प्रस्तुत गर्न सकिन्छ–

१. दैनिक र समयबद्ध किसिमले पर्याप्त पानी पिउने
२. सभ्व भएसम्म् दैनिक रूपमा सागपात खाने
३. खानामा सकेसम्म सलाद समावेश गर्ने
४. टुसा उम्रेका अनाज खाने
५. बिहान उठ्नेबित्तिकै एक गिलास मनतातो पानीमा कागतीको रस राखेर पिउने
६. मौसमअनुसारका फलफूल खाने
७. चिसो पेय पदार्थ सकेसम्म नपिउने
८. चिया–कफी धेरै नपिउने
९. रेशायुक्त तरकारी खाने
१०. नुन कम खाने, बढी गुलियो नखाने
११. तारेको र डढेको खाने कुरा नखाने
१२. प्रायः तरकारीको बोक्रा नफाल्ने
१३. भुटेको भटमास, मकै, चना खाने
१४. रातको खाना सकेसम्म साँझपख नै खाने
१५. खाना खानेबित्तिकै नसुत्ने
१६. चाँडै सुत्ने र चाँडै उठ्ने
१७. सामान्यतः ८ घन्टा मस्तसँग निदाउने गरी सुत्ने
१८. रक्सी, चुरोट र सूर्ति सेवन नगर्ने
१९. बिहान कम्तिमा ३० मिनेट हिँड्ने
२०. व्यायाम गर्ने, तनावमा काम नगर्ने
२१. सुख–दुःख सेयर गर्ने, बिदाको दिन परिवारसहित घुमफिर गर्ने
२२. प्रार्थना, पूजापाठ गर्ने
२३. ‘जंकफुड’ र ‘फास्टफुड’ हरु सकेसम्म सेवन नगर्ने
२४. बेला–बेलामा मनोरञ्जन गर्ने
२५. हरेक कुरामा चित्त बुझाउने
२६. शरीरको नियमित चेकअप गराउने
२७. नियमित रुपले ब्लडप्रेसर जाँच्ने
२८. शाकाहारी खानपान र सरल जीवनशैली अपनाउने
२९. सामान्यतः खुशी रहन प्रयास गर्ने, दिनहुँ मजाले हाँस्ने
३०. आफूलाई कमजोर नसम्झने
३१. सकारात्मक सोचाइ राख्ने

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर