newskoseli.Com

कृषिमन्त्री खनाललाई पनि डेंगुको संक्रमण !

कृषिमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ लाई डेंगुको संक्रमण देखिएको छ । मन्त्रीलाई डेंगुको संक्रमण देखिएको जानकारी कृषि मन्त्रीका प्रेस संयोजक बोमलाल गिरीले दिएका छन् ।

तीन दिन यता ज्वरो आएर ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका कृषिमन्त्री खनाललाई डेंगुको संक्रमण भएको बुधबार पत्ता लागेको हो । पाँच महिना यता नेपालका विभिन्न भागमा क्रमशः फैलिएको डेंगुको सन्त्रास यतिबेला राजधानी काठमाडौंमा समेत फैलिएको छ ।

देशभर अहिलेसम्म ५ हजारभन्दा धेरै नागरिकमा डेंगु संक्रमण देखिएको चिकित्सकहरुले बताएका छन् । डेंगु संक्रमणको क्रम अझै दुई महिनासम्म नरोकिने स्वास्थ्यकर्मीहरुको भनाइ छ ।

थप यो पनि पढ्नुहोस्–
राजधानी काठमाडौं नै जोखिममा : ज्वरो आएका आधामा डेंगु, ११ स्वास्थ्यकर्मीमै संक्रमण !

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर