newskoseli.Com

यौन क्रियाकलाप किन गोप्य हुनुपर्छ ?

यौनकर्म भनेको दुई वयस्क विपरीतलिङ्गी यौनजोडीबीच हुने स्वाभाविक तथा प्राकृतिक क्रियाकलाप हो । यौनका लागि उपयुक्त व्यक्ति, समय, स्थान, परिवेश तथा वातावरण आवश्यक हुन्छ । जहाँ पायो त्यहीं र जोसुकै व्यक्तिसँग यौन क्रियाकलाप बेठीक मात्र होइन, अनैतिक र गैरकानुनी समेत मानिन्छ ।

यौनकर्मका विषयमा संयमता, धैर्यता तथा गोपनीयता अत्यावश्यक हुन्छ । यौनजोडी बीचको सहमतिमा सन्तुलितरूपमा यौन क्रियाकलाप तथा यौन सम्पर्क गर्नाले यौनजोडीबीच यौन–सुखानुभूति हुन्छ–हुनुपर्छ । असंयमित यौन सम्बन्ध भएमा वा यौनकर्मको गोपनीयता भङ्ग भएको अवस्थामा यौनजोडीका दुवै वा कुनै पक्षमा शारीरिक तथा मानसिक तनाव पैदा हुन्छ ।

यौनकर्म जथाभावी गर्ने क्रियाकलाप होइन । यौनमा गोपनीयता नअपनाउनाले यौनजोडीबीच हीनताभाव पैदा हुन सक्छ । लाज र धकका कारण यौनक्रिडा समेत सङ्कुचित हुन पुग्छ ।

गोपनीयताको अभावमा हीनताबोध

यौन सम्पर्कको समयमा गोपनीयता नअपनाउँदा शीघ्र–स्खलन हुने सम्भावना हुन्छ । विशेषगरी पुरुषको शीघ्र–स्खलन भएको अवस्थामा त्यो पुरुष महिला यौनजोडीकी महिलाको यौनेच्छा मेट्न असक्षम हुन्छ । यस्तो अवस्थामा यौनजोडीकी महिलाले यौनजोडीका पुरुषप्रति असन्तुष्टि जनाउने सम्भावना त हुन्छ नै, पीडादायी अवस्था समेत सिर्जना हुन सक्छ ।

स्खलन भैसकेपछि यौन–रसको निस्काशनमा कमी आउँछ, जसका कारण यौन सम्पर्कको समयमा लिङ्गको घर्षण सुख्खा हुन्छ । यसरी सुख्खा भएको अवस्थामा नमिठो दुखाइ हुन्छ, जसका कारण यौनजोडीबीच तीक्तता समेत उत्पन्न हुने जोखिम हुन्छ । त्यस्तो अवस्थामा यौनजोडीमा यौनप्रति हीनताबोध उत्पन्न हुन्छ, जसका कारण यौनजोडी बीचको सम्बन्धमा दरार उत्पन्न भई सम्बन्ध–विच्छेदको सम्भावना हुन्छ । यसर्थ, यौन सम्पर्कमा गोपनीयता अत्यावश्यक हुन्छ ।

नेपाली समाज यौनको मामलामा त्यति धेरै उदार छैन । अनुदार समाजमा यौनको मामलामा गोपनीयता कायम गर्न नसकिएको अवस्थामा त्यस्ता यौनजोडीमाथि विभिन्न किसिमका आक्षेपहरू लाग्छन् र उनीहरूले अनेकौं खाले नकारात्मक टीका–टिप्पणीको सामना गर्नुपर्ने अवस्था आउँछ । यसले यौन जोडीबीचमा हीनताबोध गराउँछ र यौनप्रति वितृष्णा जगाउँछ । यसरी यौनप्रति वितृष्णा बढ्दै जाँदा व्यक्ति मानसिक रूपमा समेत असन्तुलित भई तनावको स्थितिमा पुग्न सक्छ, जसले पारिवारिक जीवन नै तहसनहस पार्न सक्ने सम्भावना हुन्छ ।

रातको यौन बढी आनन्दमयी

यौन क्रियाकलाप जहिल्यै रातमा नै गर्नु उचित हुन्छ । रातको समयमा अन्य व्यक्तिले नदेख्ने र सामान्यतः अरु काम समेत गर्नु नपर्ने भएकाले यो समयमा आनन्दले यौन सम्पर्क सम्भव हुन्छ । दिउँसो हल्लाखल्ला हुन्छ र अरुले देख्ने डर पनि बढी नै हुन्छ । त्यसैले रातको समयमा नै यौन सम्पर्क गर्नु उचित हुन्छ ।

रातको समयमा झ्याल–ढोका लगाएर अरुले नदेख्ने किसिमले यौनजोडीबीच यौन क्रियाकलाप गर्नाले आनन्दमयी रूपमा यौन सन्तुष्टि लिन सकिन्छ । यौन क्रियाकलाप तथा यौन सम्पर्क यौनजोडी बीचको नितान्त व्यक्तिगत अन्तरङ्ग सम्बन्ध हो । यस्तो गोप्य अन्तरङ्ग सम्बन्धमा अवश्य नै यौन अनुशासन चाहिन्छ । जथाभावी यौनाङ्ग देखाउनु तथा खुलारूपमा, अरुले देख्ने किसिमले यौन क्रियाकलाप गर्नु छाडापन हो । छाडापनको बानी परेको अवस्थामा व्यक्ति पारिवारिक तथा सामाजिक रूपमा तिरस्कृत हुने सम्भावना हुन्छ ।

यौनको मामलामा समाजअनुसारका आ–आफ्नै किसिमका मूल्य–मान्यता तथा रीतिथिति समेत हुन्छन् । यी कुरा यौनको मामलामा कडाइपूर्वक लागू हुन्छन् । समाजको मूल्य–मान्यताभन्दा बाहिर गएर यौन क्रियाकलाप गरेको अवस्थामा व्यक्ति सामाजिक दण्डको भागिदार हुनुपर्ने अवस्था आउँछ । समाजविपरीत गरिने यौन क्रियाकलापलाई ‘प्याराफिलिया’ भनिन्छ । यौनजोडीले भुलेर पनि यस्ता क्रियाकलाप गर्नु हुँदैन ।

गोपनीयताकाे अभावमा हुने लज्जा

गोपनीयताको अभावमा यौनजोडी बीचमा यौन क्रियाकलापको समयमा यौनेच्छा नै नजाग्ने अवस्था आउन सक्छ । यस्तो अवस्थामा यौनजोडी एक–आपसमा लज्जित हुनुपर्ने स्थिति सिर्जना हुन सक्छ । जथाभावी रूपमा यौन सम्पर्कमा सहभागी हुनुपूर्व नै लिङ्ग तथा योनी प्रदर्शन गर्नाले यौन सम्पर्कमा सहभागी हुँदा यौन–हर्मनको निस्काशनमा नै कमी आउँछ । यसरी गोपनीयता कायम नगरी यौन क्रियाकलापमा सहभागी भएको अवस्थामा यौनसम्पर्क गर्ने जाँगर नै हराउँछ । यस्तो अवस्थामा यौन उत्तेजनामा कमी हुनु स्वाभाविकै हो ।

यसरी यौनजोडीमध्येका एकलाई यौनेच्छा जागेको तर अर्कोलाई नजागेको अवस्थामा त्यस्तो यौनजोडीले यौन–तृप्ति पाउन सक्दैन । त्यस्तो अवस्थामा ‘फोरप्ले’ को त कल्पनै गर्न सकिँदैन । कसैले देख्ने किसिमले हतार–हतार यौन सम्पर्क गरेको खण्डमा जीवनभर पश्चात्ताप गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले यौनजोडी गोपनीयतामा सचेत हुनुपर्छ ।

गोपनीयता महिलाको सवालमा त झन् अत्यन्तै समवेदनशील विषय हो । यौनमा गोपनीयता नभएको अवस्थामा महिला मानसिकरूपमा तनावमा पर्ने अवस्था अझ प्रबल हुन्छ । यौन सम्पर्कको समयमा मात्रै होइन, यौनजोडीले यौन सम्पर्कपश्चात पनि उत्तिकै गोपनीयता कायम राख्नुपर्छ । यौनजोडीबीच भएको यौन क्रियाकलाप तथा यौन सम्पर्कको विषय जथाभावी साथीभाइलाई भन्दै हिँड्नुु गलत हो । यसरी आफ्नो यौन क्रियाकलापको विषयमा अन्य व्यक्तिलाई भन्दै हिँड्दा उसले गलत किसिमको सल्लाह पाउन सक्छ, जसले यौन जोडीबीचमा दरार पैदा हुन्छ ।

सन्त्रास

कतिपय अवस्थामा यौनजोडीबीच सहमतिमा यौन सम्पर्क भए पनि गोपनीयता अपनाउन नसक्दा अन्य व्यक्तिले थाहा पाएपछि बाध्य भएर महिलाले ‘बलात्कार’ को आरोप लगाउने सम्भावना रहन्छ । महिलाले आफ्नो ‘इज्जत’ जोगाउने नाममा यस्तो हर्कत गर्ने सम्भावना हुन्छ ।

यौन शिक्षाको अभावमा कतिपय यौनजोडीले सम्भोगको सही व्यवस्थापन गर्न नसक्दा डर, त्रास र हतासको सामना गर्नुपर्ने हुन्छ । सबै हिसाबले गोपनीयता सुनिश्चित भएपछि मात्रै यौनजोडीसँग यौन क्रियाकलापमा सहभागी हुनु उचित हुन्छ ।

शान्त तथा एकान्त र सुरक्षित वातावरणमा गरिने यौन क्रियाकलाप तथा यौन सम्पर्कले यौन जोडीबीच यौनसुख हुनुका साथै आत्मीयता पनि बढ्छ । गोप्य वातावरण भएको अवस्थामा मात्रै यौन क्रियाकलापको वातावरण बन्छ; एक–अर्कालाई नजिक ल्याउँछ । गोपनीयताले मनमा यौनेच्छा जागृत हुन्छ ।

थप सजगता अत्यावश्यक

मद्यपान तथा लागू पदार्थ सेवन गरी यौन सम्पर्कमा सरिक हुँदा व्यक्ति उत्तेजित भई गोपनीयता कायम नरहन सक्छ । त्यसैले, यौनजोडीसँग यौन सम्पर्कमा सहभागी हुँदा भुलेर पनि मद्यपान तथा धूम्रपान गर्नु हुँदैन ।

त्यसैगरी, कतिपय मानसिक रोग लागेको अवस्थामा पनि गोपनीयता कायम नरहने अवस्था सिर्जना हुन्छ । ‘मेनिया’ जस्तो उन्माद आउने किसिमको मानसिक रोग लागेका व्यक्तिले यौनको मामलामा पनि उच्छृङ्खल व्यवहार देखाउने, जुनसुकै ठाउँमा पनि यौन क्रियाकलाप देखाउने, नलजाउने व्यवहार देखाउँछन् । त्यसैले, यस्तो अवस्थामा यौन सम्पर्कमा सरिक हुनु हुँदैन । यस्तो रोग लागेका व्यक्तिबारे यौनजोडीले नै ख्याल गर्नुपर्ने हुन्छ ।

पछिल्लो समयमा सामाजिक सञ्जालको प्रभाव, पोर्नोग्राफी, साइबर सेक्स आदिको बढ्दो प्रयोगले यौनमा गोपनीयता कम हुँदै छाडापनको प्रवृत्ति बढ्दै गएको देखिन्छ । विवाहित यौनजोडी हनिमुन मनाउनका लागि कुनै टाढा तथा एकान्त ठाउँमा जानुको मुख्य तात्पर्य नै गोपनीयता कायम रहोस् भन्ने हो । सुहागरातमा पनि गोपनीयतायुक्त कोठाको व्यवस्थापन जरुरी हुन्छ ।

यौन जोडीबीच समझादारी तथा सुखी दाम्पत्य जीवनका लागि पनि यौन क्रियाकलाप गोप्य रहनु अत्यावश्यक छ । सहमतिमा आनन्दले यौन क्रियाकलाप गर्नाले शरीरमा ‘इन्डोर्फिन’ हर्मन सक्रिय भई पीडा कम गर्न समेत सहयोग मिल्न पुग्छ ।

अर्को कुरा, कहिल्यै पनि बच्चालाई एउटै ओछ्यानमा सुताएर यौन सम्पर्क गर्नु हुँदैन । बच्चा निदाएका छन् भन्ठानेर बुबा–आमाले यौन सम्पर्क गर्दा अचेतन बालमस्तिस्कले थाहा पाउँछ । बच्चाले यसरी थाहा पाउँदा बुबा–आमाको सिको गर्दै यौन सम्पर्कजस्तै व्यवहार गरिदिन सक्छन् । त्यसैले, बच्चा निदाएको अवस्थामा पनि छुट्टै ओछ्यानमा मात्रै यौन सम्पर्क गर्नु जरुरी हुन्छ । कुरा बुझ्दैनन् भनेर स–साना बच्चाले देख्ने गरी पनि यौन क्रियाकलाप गर्नु हुँदैन ।

लेखक मनोविद् हुन्, उनी मार्क नेपाल संस्थासँग सम्बद्ध छन्

‘होलिस्टिक’ बाट

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर