newskoseli.Com

‘८ मन्त्रालय लिनोस्, सरकारमा आउनोस्’– देउवासँग प्रधानमन्त्रीको आग्रह : पार्टीभित्र पराजय स्वीकारे ओलीले

सत्ताधारी नेकपाभित्र सबै कमिटी र संसदीय दल समेतमा अल्पमतमा परेको चर्चा गरिएका प्रधानमन्त्री एवं अध्यक्ष खड्गप्रसाद ओलीले पार्टीभित्र आफू त्यसैगरी अल्पमतमा परिसकेको कुरा घुमाउरो किसिमले व्यवहारबाटै स्वीकार गरेका छन् ।

पार्टी विभाजित गरिछाड्ने निष्कर्षमा पुगेका प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग साझा सरकार बनाउन प्रस्ताव राखेका छन् । शनिबार बालुवाटारमा भएको ओली र देउवाबीचको भेटवार्ताका क्रममा ८ मन्त्रालय लिएर सरकारमा सहभागी हुन प्रधानमन्त्री ओलीले नेपाली कांग्रेससँग प्रस्ताव राखेका हुन् ।

ओलीको प्रस्तावपछि सभापति देउवाले भने पार्टीका साथीहरूसँग सरसल्लाह गरेर निर्णय लिने जानकारी ओलीलाई दिएको कांग्रेससम्बद्ध स्रोतले न्युजकोसेलीलाई बतायो । ‘प्रचण्डबाट त पहिल्यैदेखि निरन्तर दुःख पाउँदै आएकै थिएँ, अब त माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम समेत उनीहरुसँग लागेपछि म निकै संकटमा परेको छु,’ ओलीले देउवासँग भने– ‘अब तपाईंहरु आउनोस्, लोकतन्त्रका लागि मिलेर काम गरौं । विचार र राजनीति पनि उनीहरूसँग भन्दा तपाईं–हामीबीच नै बढी मिल्दै आएको हो र अब पनि मिल्छ ।’

भेटवार्ताका क्रममा देउवाले भने कोरोना महामारीको नियन्त्रण, राजनीतिक नियुक्तिहरू र कूटनीतिक एवं संवैधानिक निकायका सवालमा आफूहरूलाई बेवास्ता गरेको र सरकारका निर्णय तथा कदम प्रभावकारी नभएको गुनासो ओलीलाई सुनाएको स्रोतले बतायो ।

प्रचण्ड भन्छन् : ‘बरू मर्छु, पुँजीवादसामु घुँडा टेक्दिनँ’ (भिडियो)

यी सामग्री पनि पढ्नुहोस्–
अध्यक्ष ओलीले के–के भने नेकपा सचिवालयको बहुचर्चित बैठकमा ? (पूर्णपाठ)
‘हम्मर हानिरहे ओलीले, घनले नै बजाइदिए प्रचण्डले !’
सचिवालयमा प्रस्तुत प्रचण्डको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)
ओलीविरूद्ध प्रचण्डको ‘लेटर बम’ (पत्रको पूर्णपाठ)
यस्तो छ ओलीले प्रचण्डलाई लेखेको दसपाने चिठी (पूर्णपाठ)
यस्ता रहेछन् प्रचण्डका ‘भित्री कुरा’ : नेकपाको अन्तर्कलह
‘ओली प्रवृत्ति’ बारे प्रचण्डको प्रस्ताव : बचाउ गर्दै बाेले वामदेव, शंकर भन्छन् फिर्ता लिइयोस्
बैठकमा बस्न आग्रह गर्दै ५ नेताले अध्यक्ष ओलीलाई बुझाएको पत्र

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर