newskoseli.Com

ओली–प्रचण्ड चर्काचर्की : सचिवालय बैठक बुधबार पनि बस्ने

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को मंगलबार बसेको सचिवालय बैठकमा अध्यक्षद्वय खड्ग ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच चर्काचर्की परेको छ । अघिल्लो बैठकले धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बस्ने निर्णय गरेको भए तापनि अध्यक्ष ओली त्यहाँ जान नमानेपछि मंगलबारको बैठक पनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै बस्यो ।

२८ कात्तिकमा प्रचण्डले ओलीका ‘बदमासी’ हरुको विश्लेषण गर्दै १९ पेजको प्रतिवेदन प्रस्तुत गरेपछि उत्कर्षमा पुगेको नेकपाभित्रको विवाद त्यसपछि १३ मंसिरमा अर्का अध्यक्ष ओलीले पनि प्रचण्डलाई आरोपित गर्दै ३८ पेजको अर्को प्रस्ताव प्रस्तुत गरेपछि नयाँ चरणमा प्रवेश गरेको थियो । दुई प्रतिवेदनका कारण र विभाजनको डिलमा पुगेको नेकपाको भविष्य के होला भन्ने शंशयबीच मंगलबार बसेको सचिवालय बैठकमा पनि सहमति र समाधानको कुनै लक्षण नदेखिएको बैठकका सहभागी एक नेताले न्युजकोसेलीलाई बताए । बैठकमा मंगलबार पनि ओली र प्रचण्डबीच फेरि चर्काचर्की नै परेपछि एकता कायम रहने सम्भावना क्षीण भएको छ ।

सचिवालयमा रहेका ती नेताले बताएअनुसार अध्यक्ष ओलीले मंगलबारको बैठकमा बोल्दै प्रचण्डको प्रस्ताव फिर्ता हुनुपर्ने बताए । मन्तव्यका क्रममा ओलीले प्रचण्डमाथि अराजनीतिक शब्दहरुको प्रयोग गर्दै निकै घोचपेच समेत गरे । प्रचण्डको प्रस्तावका कारण समस्या थप चर्किएको भन्दै बाहिरबाटै सहमति खोजिनुपर्ने बताएर ओलीले बैठक छल्ने कुरामा जोड दिए ।

ओलीले बैठकभन्दा बाहिरैबाट ‘समाधान’ गर्नुपर्ने बताएपछि प्रचण्डले भने त्यसको प्रतिवाद गरे । कसैले पछि बैठक छल्न नमिल्ने भन्दै बैठकबाट निस्कने निचोडलाई सबैले मान्नुपर्ने प्रचण्डले बताए । यस क्रममा दुई अधयक्षबीच चर्कै भनाभन भएको ती नेताको भनाइ छ । ओली–प्रचण्ड चर्काचर्कीबीच महासचिव विष्णु पौडेलले भने ओलीको पक्षमा धारणा राखे ।

मंगलबारको बैठकमा ओली र प्रचण्डका दुवै प्रस्तावमाथि छलफल सुरु भएको उल्लेख गर्दै ‘औपचारिक तथा अनौपचारिक’ तहबाट छलफल गरेर समस्याको समाधान खोजिने बैठकपछि सञ्चारकर्मीसँग बोल्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । बैठकमा अध्यक्षद्वयले आ–आफ्ना धारणा राखेको जानकारी दिँदै बुधबार दिउँसो एक बजे बालुवाटारमै सचिवालयको अर्को बैठक बस्ने उनले बताए ।

प्रचण्ड भन्छन् : ‘बरू मर्छु, पुँजीवादसामु घुँडा टेक्दिनँ’ (भिडियो)

यी सामग्री पनि पढ्नुहोस्–
बहुचर्चित सचिवालयको बैठकमा ओलीलाई प्रचण्डको जवाफ (पूर्णपाठ)
अध्यक्ष ओलीले के–के भने नेकपा सचिवालयको बहुचर्चित बैठकमा ? (पूर्णपाठ)
‘हम्मर हानिरहे ओलीले, घनले नै बजाइदिए प्रचण्डले !’
सचिवालयमा प्रस्तुत प्रचण्डको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)
ओलीविरूद्ध प्रचण्डको ‘लेटर बम’ (पत्रको पूर्णपाठ)
यस्तो छ ओलीले प्रचण्डलाई लेखेको दसपाने चिठी (पूर्णपाठ)
यस्ता रहेछन् प्रचण्डका ‘भित्री कुरा’ : नेकपाको अन्तर्कलह
‘ओली प्रवृत्ति’ बारे प्रचण्डको प्रस्ताव : बचाउ गर्दै बाेले वामदेव, शंकर भन्छन् फिर्ता लिइयोस्
बैठकमा बस्न आग्रह गर्दै ५ नेताले अध्यक्ष ओलीलाई बुझाएको पत्र

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर