२५/३० वर्षको उमेर हुदै गए पछि शरीरमा विभिन्न चाउरीपनाको अनुभूति हुन्छ । पहिलो चाउरी निधार या आखाको गाला पट्टिको भागमा शुरु हुन्छ ।
र अझ आज भोली उमेर अलि छिप्पिए पछि मात्र विवाह गर्ने चलन बढीरहेको हुनाले पनि विवाह अगाडी खास गरी युवतीहरुमा अनुहारको सुरक्षा निकै महत्वको विषय बन्दछ ।
उनीहरु अनेकौं विज्ञापनमा आउने क्रिम र फेसियलहरु प्रयोग गर्दछन् तर प्रकारान्तरले त्यसले उनीहरुलाई वेफाईदा पुऱ्याईरहेको बारे जानकारी हुदैन ।
मानिसलाई दीर्घकालीन रुपले आकर्षक बनाउने उपाय प्राकृतिक उपायहरु नै हुन् । त्यस मध्य आज हामी बेसारले पुऱ्याउने फाईदा र यसका प्रयोगका तरीकाहरुका बारेमा अवगत गराउदैछौं ।
ड्ड बेसारले अनुहारमा रहेको पोतो चाउरी लगाययका अनावस्यक दागहरु कम गर्छ र यसको चामत्कारीक गुणले तपाईको उमेर घटाएर युवा देखाउन मद्धत पुऱ्याउछ ।
यसका लागि तपाईले तीन चम्चा बेसन एउटा सफा बोटुको या गिलासमा हाल्नुहोस् त्यस पछि एक चौथाई बेसार त्यसमा मिसाउनुहोस् र आवस्यकता अनुसार पानी या काचो दुध या दही राखेर पनि पेष्ट बनाउन सक्नु हुन्छ । यसलाई लगाएर सुक्न दिनुस् त्यस पछि मततातो पानीले सफासग‘ धुनुहोस् ।
टमाटरको रस, काचो दुध, चामलको पिठो या गहुको पिठो मिसाएर पेष्ट बनाउनुहोस् र अनुहारमा लगाउनुहोस् । यो पनि माथि भने जसरी नै केही बेर सुक्न दिने र धुने । दुधमा रहेको ल्याक्टीक एसिडले तपाईको मृत हुदै गरेका ेछालालाई पुनर्जीवीत गर्नुका साथै चम्किलो पनि बनाउछ ।
बेसार र महको पेष्ट बनाएर अनुहारमा लगाउनुहोस् । यसले हाम्रो छालाको छिद्रहरु खुल्ला गर्दछ जसले गर्दा हाम्रो छालालाई आवस्यक पर्ने अक्सिजन प्राप्त हुन्छ र छाला फेरी तन्दु रुस्त देखिन्छ ।
महिलाहरुमा अक्सर गर्भवती भए पछि स्ट्रेच माक्र्स अर्थात सेता धर्साहरु खासगरी पेटभरी देखिएको हुन्छ । यो पेट ठूलो भए पछि छाला तन्किदा या मोटाए पछि यो समस्या देखिन्छ यसलाई हटाउन पनि हर्दीको प्रयोग सही हुन्छ । यो समस्याका लागि बेसारलाई काचो दुध, बेसन र बेसार मिलाएर धर्सा भएको ठाउहरुमा लेप लगाउनुस् , त्यसले विस्तारै तपाईको सेता धर्साहरु कम गर्दै लान्छ ।
बेसार दुध सामान्यतया सबै नेपालीले प्रयोग गर्ने गर्दछन् आफ्नो दैनिकीमा । त्यस कारण दुध र बेसारबाट हुने उपचार तपाई हाम्रो लागि सरल पनि देखिन्छ । ख्याल गरौं प्राकृतिक बस्तुहरुको प्रयोगले नै हामीलाई स्वस्थ्य र सवल बनाउछ ।