newskoseli.Com

चीन र पाकिस्तानलाई पछि पार्दै भारत बन्यो परमाणु प्रविधि निर्यातकर्ता

गत वर्ष मात्रै एमटीसीआरको सदस्यता पाउनका लागि निवेदन दिएको भारतले आज मिसाइल टेक्नोलोजी कन्ट्रोल रिजीम (एमटीसीआर) को सदस्यता हातपारेको छ ।

फ्रान्सको राजधानी पेरिसमा भएको एमटीसीआरको बैठकले भारतलाई सदस्यता दिने निर्णय गरेको थियो ।

भारतीय विदेश सचिव एस जयशंकरले सोमबार नयाँदिल्लीमा फ्रान्स, नेदरल्याण्ड र लक्जेम्वर्गका राजदूतहरुको उपस्थितिमा एमटीसीआरको सदस्यता प्राप्ती सम्बन्धी दस्तावेजहरुमा हस्ताक्षर गरेका छन्।

परमाणु आपूर्तिकर्ता देशको समूह (एनएसजी)मा शामेल हुने प्रयास असफल भए पनि एमटीसीआरको सदस्यता पाउनुलाई झनै राम्रो भन्दै भारतीयहरुले उग्र रुमा प्रचार प्रसार गरिरहेका छन् ।

फ्रान्स, जर्मनी, जापान, ब्रिटेन, अमेरिका, इटली र क्यानडा संस्थापक सदस्य रहेको यस एमटीसीआरमा ३४ प्रमुख मिसाइल निर्माता देश सदस्य छन् ।

सन् १९८७ मा स्थापना भएको एमटीसीआर विश्वभरका चार महत्वपूर्ण परमाणु टेक्नोलोजी निर्यात गर्ने ठूला र शक्तिशाली देशहरुको समूह मानिदै आएको छ । बुल्गेरिया सन् २००४ मा यसको सदस्य बनेपश्चात अब भारत यस समूहको ३५ औं सदस्य बनेको छ ।

एमटीसीआरको सदस्य बनेपछि भारत मिसाइलको मामलामा सुपर पावर बन्ने दाबी भारतीय वैज्ञानिकहरुले गरेका छन् । सदस्यता प्राप्त गरेसँगै अब भारतलाई मिसाइल प्रमुख उत्पादक देशहरुबाट अत्याधुनिक प्रविधि र अनुगमन सिस्टम खरिद गर्न मद्दत मिल्नेछ ।

यी प्रविधि र सिस्टमहरु केबल एमटीसीआरको सदस्यता पाएका देशहरुले मात्रै खरिद गर्न पाउँछन् । भारतलाई एमटीसीआर र एनएसजीको सदस्यता दिनु हुँदैन भन्ने पक्षमा चीन र पाकिस्तान थिए ।

भारतका प्रतिस्पर्धी छिमेकी देशहरु चीन र पाकिस्तानले समेत यस विशेष समूहको सदस्यता पाएका छैनन्

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर