newskoseli.Com

जाट–नेपालकाे पर्यटन गाँउ

काठमाडाैं ।
कास्कीको सल्यान गाउँलाई पर्यटकीय गाउँ घोषणा गर्ने तयारी गरिएको छ ।
कास्कीको अध्ययन भ्रमणमा रहेको पर्यटन पत्रकार संघ जाट–नेपालले एक समूहसँग सल्यान पर्यटन समिति, कास्की र एटलान्टे माउन्टेनेरियरिङ एण्ड ट्रेकिङ प्रा. लि. काठमाडौले उक्त गाउँलाई पर्यटकीय गाउँ घोषणा गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
 
नेकपा एमाले पर्यटन विभाग प्रमुख सूर्य थापा र त्यसै क्षेत्रका सांसद सिता गिरीको उपस्थितिमा उक्त सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो । सम्झौताअनुसार जाट–नेपालले सिफारिस गरेका पत्रकारहरुलाई समिति र एटलान्टेले त्यस स्थानसम्म पुर्याएर आवश्यक सूचनाका साथै अन्य व्यवस्थापन गर्नेछ ।
 
सम्झौतामा स्थलगत अवलोकनमा पुग्ने पत्रकारले आफुले देखेका सामाग्रीहरुलाई प्रचारप्रसारमा लैजानेछन् । सोही अवसर पारेर सल्यानमा विश्वकै नमुना स्टोन गेमको सुभारम्भ गरिएको छ । नेपाली जाँतोले छोपेर राखिएका विभिन्न पाँच स्थानका स्टोन गेमले सल्यानको ऐतिहासिक पृष्ठभूमिलाई उजागर गराउनेछ । फ्रान्सेली नागरिक लरेञ्जले आविस्कार गरेको उक्त गेम अर्थात् खेलमा पाँचवटा जाँतोले त्यहाँको इतिहाँसलाई छोपेर राखिएको छ ।
 
 
पाँचैवटा खण्डको जाँतो घुमाएपछि त्यहाँको ऐतिहासिक विषय पूरा हुने र यसले स्वदेशी तथा विदेशी पर्यटकलाई अझै बढि अचम्मित पार्ने विश्वास लिईएको छ । सल्यानमा पर्यटनको प्रबर्द्धनका लागि फ्रान्सेली नागरिक जोन पेयर, खुम्बिला संरक्षण प्रतिष्ठान लगायतको महत्वपूर्ण भूमिका रहेको छ ।
जाट–नेपालका अध्यक्ष देवीप्रसाद नेपालका अनुसार जाट– नेपालकाे पर्यटन पत्रकार गाँउ घाेषणा गर्ने घाेषित नीति अनुरूप  कास्कीकाे सल्यान गाँउलार्इ पर्यटन गाँउ घाेषणा गर्ने तयारी गरीएकाे हाे । पर्यटन पत्रकार र पर्यटन ब्यवसाहीहरूकाे सहकार्यमा देशका अन्य गाँउकाे पनि पर्यटन प्रबर्द्धन गर्ने क्रम जारी रहने अध्यक्ष पन्तले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर