newskoseli.Com

सहिमा श्रेष्ठको ‘तीजको बेलामा नौरंगी सारी’ सार्वजनिक (भिडियो सहित)

गायिका सहिमा श्रेष्ठको तीज गीत ‘तीजको बेलामा नौरंगी सारी’को भिडियो सार्वजनिक भएको छ । विना म्युजिक प्रा.लिको उत्पादनमा बनेको म्युजिक भिडियोको अनलाईन डिजिटल पत्रिका नेपाल सन्देश डटकमको युट्युबमार्फत भिडियो सार्वजनिक भएको हो ।

गीतकार नैनासिंह राईको शब्दमा तयार भएको सो गीतमा संगीत भने टिका भण्डारीले दिएका छन् । इन्द्र भण्डारीको निर्देशनमा निर्माण गरिएको यो तीज गीतको छायांकन जापानमा गरिएको हो ।

जापानमा रहेका नेपाली महिलाहरुले गायिका सहिमा श्रेष्ठ सहितले तीजको गीतमा अभिनय गरेका छन् । म्युजिक भिडियो निर्माणमा क्यामरामेन असिम बस्नेत र नेपाल सन्देश डट कमका प्रबन्ध निर्देशक नविन निउरे तथा निउरे परिवारको समेत भूमिका रहेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर