newskoseli.Com

पोर्चुगल युरोकप फुटबलको सेमिफाइनलमा

पोर्चुगल युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

फ्रान्समा जारी प्रतियोगिताअन्तर्गत गएराति भएको पहिलो क्वार्टरफाइनलमा पोल्यान्डलाई टाइब्रेकरमा ५–३ ले पराजित गर्दै पोर्चुगल सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलको दोस्रो मिनेटमै पोल्यान्डका रोर्बट लेवान्डोस्कीले गोल गर्दै टोलीलाई शुरुआती अग्रता दिलाएका थिए । तर ३३ औं मिनेटमा पोर्चुगलका रेनाटो सान्चेसले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

त्यसपछि निर्धारित समयमा दुवै टोलीका तर्फबाट कुनै गोल भएन र खेल अतिरिक्त समयमा धकेलियो । अतिरिक्त समयको ३० मिनेटभित्र पनि दुवै टोलीका तर्फबाट कुनै गोल हुन नसकेपछि पेनाल्टी सुटआउटबाट निर्णय लिइएको थियो ।

पेनाल्टी सुटआउटमा भने पोर्चुगलले ५–३ ले पोल्यान्डलाई पराजित गर्दै सेमिफाइनल यात्रा सुनिश्चित गर्‍यो । खेलको म्यान अफ दि म्याच पोर्चुगलका रेनिटो सान्चेस भए ।

सेमिफाइनलमा पोर्चुगलले बेल्जियम र वेल्समध्येको विजेतासँग खेल्ने छ । यी दुई टोलीबीचको खेल आज राति हुँदैछ । पोर्चुगल युरोकपको सेमिफाइनलमा पुगेको यो चौथो पटक हो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर