newskoseli.Com

आगलागीका घटना बढेपछी दिउसोमा खाना नपकाउन उर्दी

भारतको बिहार राज्यमा बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म खाना नपकाउन राज्य सरकारले उर्दी जारी गरेको छ । राज्य सरकार अन्तर्गतको आपतकालिन प्रवन्ध विभागले सर्वसाधारणमा यस्तो उर्दी जारी गरेको हो ।

राज्यमा पछिल्ला दिन आगलागीका घटना बढेसँगै यस्तो उर्दी जारी गरिएको हो । उल्लेखित समयमा पुजा–हवन गर्न पनि रोक लगाइएको छ । त्यसैगरी किसानलाई खेतबारीमा गहुँको भुसा डढाउन पूर्ण प्रतिबन्ध लगाइएको छ ।

बिहारका मूख्यमन्त्री नितिशकुमारको निर्देशनमा विभागले यस्तो निर्देश जारी गरेको हो । सरकारी निर्देशनलाई अटेर गर्नेमाथि कारवाही हुने जनाइएको छ । ‘निर्देशन उल्लंघन गरेका कारण आगलागी भएको पाइएमा कडा कारवाही गरिनेछ,’ विभागद्वारा जारी निर्देशमा भनिएको छ ।

विभागका मूख्यसचिव ब्यासलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले जनाएअनुसार आगलागीका घटनालाई समीक्षा गर्दा अधिकांश घटना चुलोबाटै निस्किएको आगोका कारण भएको पाइएको छ ।

त्यसैले गाउँमा चुलोबाट खाना पकाउनेहरुलाई बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म खाना नपकाउन निर्देश गरिएको हो । खाना पकाइसकेपछि पनि चुलोमा आगो निभाउन भनिएको छ ।

विभागका अनुसार विगत एक महिनामा राज्यमा आगलागीमा परेर ६७ जनाको मृत्यु भइसकेको छ । (एजेन्सी)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर