newskoseli.Com

सर्प मारेको आरोपमा १ को हत्या

एउटा सर्प मारेको आरोपमा भारतमा एक दलितको हत्या भएको छ । समाचारमा जनाईएअनुसार भारतको मध्यप्रदेश राज्यमा यस्तो घटना घटेको हो

मध्यप्रदेश प्रहरीको भनाईमा मुरैना ज़िल्लामा एक दलितको हत्या भयो किनकि उसले एउटा साँपलाई मारेको थिायो । दलीत हत्या आरोपमा १० जना बिरुद्ध मुद्धा चलाईएको छ ।

आफ्नो घरमा निस्किएको एउटा साँपलाई वकील जाटब नाम गरेका दलितले मारेका थिए । तर जाटबका छिमेकी लगायत अन्यले साँप मारेको जानकारी पाएपछि जाटबलाई मारेका हुन् किनिक ती छिमेकीहरु साँपलाई देउताको रुपमा मान्ने गर्छन् ।

कुटाई सहननसकेपछि जाटवको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मध्यप्रदेशमा सर्पदंशबाट प्रत्येक वर्ष धेरै मानिसको मृत्यु हुने गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर