newskoseli.Com

भारतमा आतंकवादी हमलाको खतरा, युरोपमाझैँ गर्न अल कायदाको निर्देशन

अन्तर्राष्ट्रिय आतंकवादी संगठन ‘अल कायदा’ ले भारतमा हमला गर्न आफ्ना लडाकुलाई निर्देशन दिएको छ । युरोपमा जस्तै हमला भारतमा गर्न लडाकुहरुलाई अल कायदाले निर्देशन दिएको बताइएको छ ।

टाइम्स अफ इन्डियामा प्रकाशित समाचार अनुसार अल कायदाको भारतीय उपमहाद्वीपका प्रमुख असीम उमरले सन्देश जारी गर्दै भारतमा हमला गर्न आह्वान गरेका हुन् । उनले समूहगत रुपमा नभई व्यक्तिगत रुपमा हमला गर्न पनि आह्वान गरेका छन् ।

असीम उमर सन् २०१४ मा अल कायदाको भारतीय उपमहाद्वीप प्रमुख बनेका हुन् । उनी भारतकै उत्तर प्रदेश निवासी रहेको बताइन्छ ।

यसैबीच ढाकामा भएको आतंकवादी हमलापछि भारतको पश्चिम बंगालमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । आइएसले पश्चिम बंगाल र असमलाई निशाना बनाउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा सतर्कता अपनाइएको भारतीय अधिकारीहरुको भनाइ छ । (एजेन्सी)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर