newskoseli.Com

फेडेरर र मरे विम्बल्डन टेनिसको क्वाटरफाइनलमा

शीर्ष वरियताका खेलाडीहरु रोजर फेडेरर र एण्डी मरे विम्बल्डन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

बेलायतको लण्डनमा जारी वर्षको तेस्रो ग्रान्ड स्लाम विम्बल्डनअन्तर्गत चौथो चरणको खेलमा अमेरिकाका स्टिभ जोन्सनलाई हराउँदै फेडेरर क्वाटरफाइनलमा पुगेका हुन् ।

जोन्सन विरुद्धको खेल फेडेररले ६-२, ६-३ र ७-५ ले आफ्नो पक्षमा पारे । सात पटकका विम्बल्डन च्याम्पियन फेडेरर कीर्तिमानी आठौं उपाधिको खोजीमा छन् ।

करियरमा भने फेडेररले कुल १७ पटक ग्रान्ड स्लाम टेनिस जितिसकेका छन् । फेडेररले अब क्वाटरफाईनलमा सन् २०१४ का युएस ओपन च्याम्पियन मारीन सिलिचको सामना गर्नेछन् ।

विम्बल्डन टेनिसकै अर्को खेलमा ब्रिटिश खेलाडी एण्डी मरेले चौथो चरणमा अष्ट्रेलियन खेलाडी निक किर्गीयोसलाई हराए ।

किर्गीयोस विरुद्धको खेल मरेले ७-५, ६-१ र ६-४ ले आफ्नो पक्षमा पारे । जितसँगै मरेले फ्रेन्च खेलाडी जो विल्फ्रेड सोङ्गा विरुद्धको क्वाटरफाईनल भिडन्त तय गरेका छन् ।

उता महिलातर्फ अमेरिकी दिदीबहिनी सेरेना विलियम्स र भेनस विलियम्स क्वाटरफाइनलमा पुगेका छन् ।

चौथो चरणमा सेरेनाले रुसकी स्वेतलाना कुज्नेत्सोभालाई ७-५ र ६-० को सोझो सेटमा हराईन् । यसैगरी भेनसले स्पेनकी नाभारो सुवारेजलाई ७-६ र ६-४ को सेटमा पाखा लगाइन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर