newskoseli.Com

सेरेना विलियम्सले चुमिन विम्बल्डन टेनिसको उपाधि

विश्व नम्बर एक अमेरिकन टेनिस खेलाडी सेरेना विलियम्सले कीर्तिमानी २२ औं पटक ग्राण्डस्लाम जितेकी छिन् । इङ्ल्याण्डमा भएको विम्बल्डन टेनिस जित्दै सेरेनाले जर्मन खेलाडी स्टेफी ग्राफले राखेको कीर्तिमानको बराबरी गरेकी हुन् ।

फाइनलमा छैटौं विश्व वरियताकी जर्मन खेलाडी एन्जेलिक केर्बरलाई ७–५ र ६–३ को सोझो सेटमा हराउँदै सेरेनाले उपाधि जितेकी हुन् ।

जितसँगै सेरेना विलियम्स विश्व टेनिसका सर्वाधिक उपाधि जित्ने महान् खेलाडी मार्गरेट कोर्टको कीर्तिमान भन्दा दुई उपाधि मात्रै टाढा छिन् । अष्ट्रेलियन टेनिस हस्ती कोर्टले करियरमा २४ वटा ग्रान्ड स्लाम उपाधि जितेकी छिन् ।

यता, पुरुष एकलको उपाधि भिडन्त आज हुँदैछ । उपाधिका लागि विश्व नम्बर दुई ब्रिटिश खेलाडी एण्डी मरे र क्यानेडियन खेलाडी मिलोस राओनिक भिड्ने छन् ।

मरेले सेमिफाइनलमा चेक खेलाडी टामस बर्डिचलाई हराएर तेस्रो पटक विम्बल्डन टेनिसको फाइलनमा ठाउँ बनाएका हुन् ।

त्यस्तै छैटौं वरियताका राओनिकले सात पटकका च्याम्पियन विश्व नम्वर तीन स्वीस खेलाडी रोजर फेडेररलाई हराएर फाइनलमा पुगेका हुन् । राओनिकले जारी प्रतियोगितामा नोभाक जोकिभचलाई पनि पाखा लगाएका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर