newskoseli.Com

स्पेनिस साईकल राईडर कोन्टाडोर बाहिरीएपछि ओलम्पिकमै धक्का

स्पेनिस साईकल राईडर अल्बर्टो कोन्टाडोर फ्रान्समा जारी टुरे डे फ्रान्स साईक्लिङ प्रतियोगिताबाट बाहिरीएका छन् ।

टुर डे फ्रान्सअन्तर्गत गत आइतबार सम्पन्न नवौं चरणको खेलको क्रममा घाईते भएका कोन्टाडोरको चोट निको हुन कम्तिमा चार हप्ता लाग्ने भएपछि उनी आसन्न ओलम्पिक खेलकुद प्रतियोगिताबाट समेत बाहिरीएका छन् ।

उनको बहिर्गमनले स्पेनिस ओलम्पिक टिमलाई निकै ठूलो क्षती हुने बताइएको छ । पूर्व टुर डे फ्रान्स विजेता कोन्टाडोर विश्व साईक्लिङका कुनै पनि ठूला प्रतियोगिताका उपाधि दावेदार हुन् ।

उता टुर डे फ्रान्सको दशौं चरणको समाप्तिपछि ब्रिटिस साईकल राईडर क्रिस फुमले समग्र तालिकामा अग्रता बनाएका छन् ।

टिम स्काईका साविक विजेता फ्रुमलाई पछ्याइरहेका बाईक एक्सचेन्जका एडम याट्स दोस्रो स्थानमा छन् भने क्विस स्टेपका ड्यानिएल मार्टीन तेस्रो स्थानमा छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर