
युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताअन्तर्गत गएराति भएको खेलमा स्पेनको एथ्लेटिको मड्रिडले जर्मनीको बायर्न म्युनिखलाई पराजित गरेको छ ।
एथ्लेटिकोको मैदानमा भएको सेमिफाइनल पहिलो लेगको खेलमा बायर्न १–० ले पराजित भएको हो । खेलमा एथ्लेटिको मड्रिडलाई विजयी गराउन साउल निग्वेजले ११ औं मिनेटमा गोल गरे ।
जितसँगै एथ्लेटिको मड्रिडले सेमिफाइनल दोस्रो लेगको खेलपूर्व महत्वपूर्ण अग्रता लिएको छ । दोस्रो लेगको खेल आगामी हप्ता जर्मन क्लब बायर्न म्युनिखको मैदानमा हुनेछ ।