
नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले बेलायतमा भारतका पूर्व क्रिकेटर सचिन तेन्दुलकरसँग भेट गरेका छन् ।कप्तान खड्काले भेटका अवसरमा तेन्दुलकरलाई नेपाली टिमको जर्सी उपाहर दिएका छन् ।
खड्का नेपाली क्रिकेट टिमको नेतृत्व गर्दै बेलायत भ्रमणमा छन्, जहाँ बेलायतका विभिन्न क्लवसँग नेपाली टिमले मैत्रीपूर्ण म्याच खेलिरहेको छ । तेन्दुलकर पनि हाल बेलायत भ्रमण मै छन् ।