newskoseli.Com

भाँडा माझ्दै माफी मागे दिल्लीका मुख्यमन्त्रीले

भारतको केन्द्रीय राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भाँडा माझेर प्रायश्चित गरेका छन् ।

आफ्नो पार्टीका तर्फबाट अन्जानमा भएको गल्तीप्रति माफी माग्दै उनले अमृतसरको स्वर्ण मन्दिरमा पुगेर भाँडा माझेका हुन् । उनको दल ‘आम आदमी पार्टी’ ले केही अघि युवा घोषणापत्र जारी गर्दै त्यसको तुलना गुरुग्रन्थ साहिबसँग गरेको थियो ।

घोषणापत्रमा स्वर्णमन्दिरको तस्वीर सँगै आम आदमी पार्टीको चुनाव चिन्ह झाडुको पनि तस्वीर राखिएको थियो ।

त्यसलगत्तै शीख धर्मावलम्बीले व्यापक विरोध गरेका थिए । विरोध बढ्दै गएपछि केजरीवालले स्वर्ण मन्दिरमा पुजा गर्नुका साथै मन्दिर परिसरमा सर्वसाधारणलाई खुवाउन प्रयोग गरिने भाँडा माझेका छन् । तर माझेर सफा पारिएका भाँडा नै केजरीवालले पखालेको बताइएको छ ।

केजरीवाल पुग्दा जुठा भाँडा सफा पारिसकिइएको र खाना खुवाउने बेला समेत टरिसकेका कारण उनले सफा भाँडा नै पखालेको जनाइएको छ । कतिपयले भने केजरीवालले यो गतिविधिलाई ‘नौटंकी’ भनेका छन् । (एजेन्सी)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर