newskoseli.Com

नेपाली क्रिकेट टिम निरन्तर विजयी,अब विश्वकै पुरानो क्लबसँग भिडन्त

बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार चौथो जित निकालेको छ । आइतबार राती भएको खेलमा नेपाली टोलीले बेलायतको स्थानीय क्रिकेट क्लब इस्टबर्नलाई एक सय ८१ रनले हराएको हो ।

नेपालले प्रस्तुत गरेको तीन सय एक रनको लक्ष्य पछ्याएको इस्टबर्नले ३४ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर एक सय १९ रन मात्रै बनाउन सक्यो ।

इस्टबर्नलाई सस्तैमा समेट्न नेपालका सोमपाल कामीले तीन तथा बसन्त रेग्मी र सागर पुनले समान दुई दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित ५० ओभरमा तीन विकेट गुमाएर तीन सय रन बनाएको थियो ।

नेपालका विनोद भन्डारीले अविजित ६७ रन तथा राजु रिजालले अजिजित ६० रन जोडेपछि पाहुना टोली नेपालले सम्मानजनक योगफल तयार पारेको हो ।

यसैगरी सुरुवाती व्याट्सम्यान अनिल मण्डलले ७३ रन जोड्दा सरद भेषावकरले ६० रन बनाए ।

नेदरल्यान्ड्ससँग विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेलको तयारीका क्रममा नेपालले बेलायतका विभिन्न क्लबसँग चारवटा अभ्यास खेल खेलको छ ।

नेपालले बेलायत भ्रमणको अन्तिम खेलमा भोली लर्ड्स मैदानमा विश्वकै पुरानो मेरिलिबोन क्रिकेट क्लब एम.सि.सी.सँग खेल्नेछ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर