newskoseli.Com

म्युजिक भिडियोमा यस्तो देखियो मायाको सहर (भिडियोसहित)

यूरोप । चर्चित गायक बाबु बोगटीको नयाँ गीतको म्यूजिक भिडियो सार्यजनिक भएको छ । थोरैथोरै बोलको गीतको छायांकन इटलीको भेनिस शहरमा गरिएको छ जुन युरोपकै चर्चित सहरमध्ये एक हो ।

मायाको सहर तथा पानीमाथिको शहरको नामले चर्चित भेनिसमा छायांकन गरिएको सम्भवत यो पहिलो नेपाली गित हो । भिडियोमा नवकलाकार (बेल्जीयम निवासी) शान्ति भट्ट, ज्योति भट्ट तथा फजिल खानको मुख्य अभिनय रहेको छ ।

गितको छायांकन भेनिस लगायत फेसन सिटिको नामले परिचित मिलान र बेल्जीयमको ब्ल्याङकेनवर्गमा समेत गरिएको छ । जीएम प्रधानको शब्द तथा मोहित मुनालको संगीत संयोजनमा सजिएको गीतको निर्देशन, छायांकन तथा सम्पादन उज्वल केसीले गरेका छन् ।

उज्वल केसी नेपाल टेलिभिजनका पूर्व कार्यक्रम प्रस्तोता तथा म्युजिक भिडियो निर्देशनमा चीरपरिचित छन् । केसीले यसलगत्तै डच गीतमा समेत निर्देशन गर्दैछन् ।

पछिल्लो समय नेपाली गीत विदेशमा छायांकन गरिने चलन बढिरहेको छ । तर, अन्य गीतको भिडियोभन्दा यो गीत फरक र नयाँ प्रविधिमा निर्माण गरिएको निर्देशक केसीले बताए । छायांकनमा अत्याधुनिक ड्रोनको साथै ४ के क्यामेरा प्रयोग गरिएको छ ।

ठूलो लागत र कडा परिश्रमले गर्दा भिडियो निकै राम्रो बनेको छ भने यूरोपका सुन्दर दृश्यमाझ केसीले आकर्षक ढंगले क्यामेरा चलाएका छन् ।

सार्वजनिक भएको छोटो समयमा नै गितले दर्शकको राम्रो प्रतिक्रिया पाएको छ । यूरोपका विभिन्न सुन्दर तथा रमणीय दृश्यले भिडियो झनै आकर्षक देखिएको छ ।

तुलसी इन्टरटेन्मेन्टद्वारा निर्माण गरिएको भिडियोमा नवकलाकार शान्ति भट्ट, ज्योति भट्ट तथा फजिल खानले उत्कृष्ट अभिनय गर्दै यही गीतबाट अभिनय क्षेत्रमा प्रवेश गरेका छन् । बाबु बोगटीको पाँचौ एल्बम “रेस्पेक्ट” मा यो गीत समावेश छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर