
भारतको ओडिशामा बस पल्टिँदा २५ जनाको मृत्यु भएको छ । ११ जना गम्भीर घाइते भएका छन् ।
ओडिशाको बरगाढ रेमताबाट देवगढका लागि छुटेको बस तिलेबानी गेलोहाटमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
बस सडकबाट दुई सय ५० फिट तल खसेको हो । घना जंगलमा बस पल्टिएकाले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।
बसमा ४० जना रहेको बताइएको छ । आठ जनालाई सकुशल उद्धार गरिएको छ । (एजेन्सी)