newskoseli.Com

बाढीले कर्मचारीलाई बगायो

  ३ दिनदेखि लगातार परेको अविरल वर्षाका कारण सप्तरीको कोइलाडी बर्साइनस्थित जिता खोलामा आएको बाढीले आज १ कर्मचारीलाई बगाएको छ ।

मोरङको विराटनगर उपमहानगरपालिका–१३ जतुवा घर भई हाल हनुमाननगर योगिनीमाई नगरपालिका–८ मा बस्दै आएका सुदीपकुमार यादवलाई बाढीले बेपत्ता बनाएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ ।

हनुमानगरस्थित फोरवाड संस्थामा कार्यरत २३ वर्षीय यादव उक्त संस्था मार्फत कोइलाडी बर्साइनमा रकम असुल्नका लागि जाने क्रममा जिता खोलाले बगाएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर