newskoseli.Com

‘वीरविक्रम’को अडियो र टिजर सार्वजनिक

मिलन चाम्सको निर्माण तथा निर्देशन चलचित्र वीरविक्रमको अडियो र टिजर रिलिज गरिएको छ । भदौ ३ गते रिलिज हुने यस चलचित्रको अडियो एवं टिजर राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले नेपाली चलचित्रमा नयाँ सोचको खाँचो रहेको अंल्याए ।

यसअघि चलचित्र ‘हँसिया’ निर्देशन गरेका मिलनको यो दोस्रो चलचित्र हो । अहिलेका उम्दा अभिनेता दयाहाङ राईका साथै अनुपविक्रम शाही, अर्पण थापा, दीया पुन, नाजिर हुसेनलगायतको अभिनय रहेको यो चलचित्र बेलालयत, हङकङलगायतमा भने प्रदर्शन भइसकेको छ ।

चलचित्रमा रेनशा राईको कोरियोग्राफी छ । ताराप्रकाश लिम्बूको संगीत रहेको यस चलचित्रमा तीनवटा गीत समावेश छ । चलचित्रको ‘सारे सारे’ बोलको गीत युट्युबमा सार्वजनिक भएसँगै हिट भएको छ भने ‘नजिक हुँदैछु’ बोलको गीतको भिडियो पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै अभिनेता दयाहाङ राईले गाउँको कथावस्तु भएकाले चलचित्र उत्कृष्ट बनेको बताए । कलाकार अनुपविक्रम शाहीले चलचित्र हेरेपछि दर्शकले आफ्नो भूमिकाबाट मनोरञ्जन लिने दाबी गरे भने अर्का कलाकार अर्पण थापाले चलचित्रमा आफू हास्यकलाकारका रूपमा प्रस्तुत भएको बताए ।

त्यसैगरी, कलाकार नाजिर हुसेनले आफ्नो भूमिकालाई चलचित्रमा न्याय गरेको बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर