newskoseli.Com

भैरव मन्दिरमा आउने भारतीय पर्यटक बढे

 प्रसिद्ध भैरव मन्दिरको दर्शन गर्न छिमेकी मुलुक भारतबाट ठूलो सङ्ख्यामा दर्शनार्थी आउन थालेका छन् ।

भारतको गोरखपुर, सिक्किम, विहार, आसामलगायतका ठाउंबाट भारतीय नागरिक पूजाआजा गर्न आउने गरेका छन् । मन्दिरका व्यवस्थापक मीनबहादुर बुढाथोकी भारतीय पर्यटक गर्मी छल्नका लागि आउने र त्यही समयमा मन्दिरमा पूजा गर्न आउने गरेकाे बताए। मन्दिरमा हिन्दू, बौद्ध, क्रिश्चियन धर्म मान्ने पर्यटक आउने गरेका छन् ।

गत आवमा १ लाखभन्दा बढी पर्यटकले मन्दिरमा प्रवेश गरेका थिए । मन्दिरको आम्दानी अघिल्लो आवमा  ४० लाख रूपैँया  पुगेको समितिले जनाएको छ । मन्दिर व्यवस्थापक बुढाथोकीका अनुसार नेवार समुदायका वासिन्दा सबैभन्दा बढी मन्दिरमा दर्शन गर्न आउने गरेका छन् । मन्दिर व्यवस्थापनका लागि १० जना कर्मचारीको व्यवस्था गरिएको छ । “बास बस्न समस्या हुंदा दर्शनार्थीले तानसेन जानुपर्ने बाध्यता छ,” समितिका अध्यक्ष राजेन्द्र नेपालले बताएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर