
भारतको आसाममा भारी बर्षापछि आएको बाढीमा परी १० जनाको मृत्यु भएको छ । आसाम र अरुणाञ्चल प्रदेशमा आएको बाढीका कारण १७ लाख मानिस प्रभावित बनेका छन् ।
आसामको १९ जिल्लाका २६ सय ५३ गाउँ डुबानमा परेका छन् । त्यहाँका कयौं सर्वसाधारण बेपत्ता छन् ।
बेपत्ताको खोजी र उद्दारका लागि सेना परिचालन गरिएको छ । आसामको ब्रम्हपुत्र नदीको सतह २१ मिटरले बढेर जमिन कटान गर्दै बाढी बस्तीमा प्रवेश गर्दा लाखौं प्रभावित भएका हुन् ।
आसामको काजिरंगा राष्ट्रिय पार्क बाढीको चेपटामा परेकाले केही जनावर मारिएका छन् भने सयौं जनावरलाई स्थानान्तरण गरिएको छ । (एजेन्सी)