newskoseli.Com

चोटका कारण फेडेररले ओलम्पिक खेल्न नसक्ने

स्विस टेनिस खेलाडी रोजर फेडेररले चोटका कारण आसन्न रियो ओलम्पिक खेल्न नसक्ने भएका छन् ।

मंगलबार आफ्नो फेसबुक पेजमार्फत उनले यो सिजनका बाँकी कुनै पनि प्रतियोगिता खेल्न नसक्ने जानकारी गराएका हुन् । यो सँगै ३४ वर्षीय फेडेररको ओलम्पिक गेम्समा एकलतर्फ स्वर्ण पदक जित्ने सपना अधुरै रहने भएको छ ।

सन् २००८ को बेईजिङ ओलम्पिकमा डबल्सतर्फ स्वर्ण पदक जितेका फेडेरर त्यसको ४ वर्षपछि २०१२ मा भएको लण्डन ओलम्पिको फाईनलमा ब्रिटेनका एण्डी मरेसँग पराजित भएका थिए ।

स्विस टेनिस हस्ती फेडेररले करियरमा १७ वटा ग्रान्ड स्लाम टेनिसको उपाधि जितेका छन् । गत फेब्रुअरी महिनामा घुँडाको शल्यक्रिया गरेका फेडेररले ढाडको समस्याको कारण मे महिनामा सम्पन्न फ्रेन्च ओपन टेनिस पनि गुमाएका थिए

वर्षको अन्तिम ग्रान्ड स्लाम यु.एस ओपनमा पनि फेडेरर सहभागि नहुने निश्चित भएको छ । अर्को सिजनमा भने फेडेररले आफ्नो खेल करियरलाई निरन्तरता दिने संकेत गरेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर