newskoseli.Com

पहिलो पटक व्यावसायिक अनारखेती

 मदनपोखरामा पहिलो पटक व्यावसायिक रुपमा अनारखेती सुरू गरिएको छ । स्थानीय नरेन्द्र पाण्डेयले ३ सय बोट लगाएर व्यावसायिक रुपमा अनार खेती सुरु गरेका हुन् । भारतीय जातका मृदुला, सिन्दुरिया, गणेश, इजरायलको वन्डरफूल र अफगानिस्तानको कान्दारी जातका अनारका बिरुवा लगाइएको छ ।

१ पटक लगाएपछि दशौँ वर्षसम्म आम्दानी गर्न सकिने भएकाले व्यावसायिक रुपमा अनार खेती सुरु गरेको उहाँको भनाइ छ । “अब बजारको समेत समस्या छैन,” पाण्डेयले भने । थाइल्यान्ड, इजरायल, भारतलगायत मुलुकको भ्रमणबाट अनारखेती गर्न प्रेरणा मिलेको र खेती गर्न आधुनिक प्रविधि अपनाएको उनले बताए ।

अनारखेतीको प्रमुख समस्या गभारोबाट जोगाउनु हो । मदनपोखराका किसानले कीटनाशक विषादीको प्रयोग नगरी जालीभित्र उत्पादन गर्ने गरेका छन् । २ वर्षअघि  ३५ लाख रूपैँयाको लागतमा सुरु गरिएको अनार खेतीबाट यस वर्ष उत्पादन भइसकेको र प्रतिकिलो २ सय रूपैयाँमा बिक्री गरिरहेको पाण्डेले बताए ।

आधुनिक प्रविधि अपनाउन सके एक बोटबाट वर्षको २ पटक २० किलोसम्म अनार फलाउन सकिने कृषि विज्ञको भनाइ छ । विदेशबाट आयात गरिने अनारमा विषादी प्रयोग गरिएको र यसको प्रयोगबाट स्वास्थ्यमा असर पु¥याउने जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत राजेन्द्र कोइराला बताए । मदनपोखरामा व्यावसायिक रुपबाट गरिएको अनारखेतीको सफलताबाट अरु जिल्लाका कृषक पनि आकर्षित भएका उनले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर