newskoseli.Com

भियारियालद्वारा लिभरपुल पराजित

युरोपियन क्लव फुटबलको दोस्रो ठूलो प्रतियोगिता युरोपा लिगअन्तर्गत गएराति भएको सेमिफाइनल पहिलो लेगको खेलमा लिभरपुल पराजित भएको छ । इङ्लिस क्लब लिभरपुललाई स्पेनको भियारियालले १-० ले हराएको हो ।

स्पेनमा भएको खेलको ईन्जुरी समयमा एड्रियानले गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन् । लिभरपुल र भियारीयालबीचको दोस्रो लेगको खेल आगामी हप्ता लिभरपुलको मैदान एन्फिल्डमा हुनेछ ।

यो खेल जितेको खण्डमा लिभरपुल झण्डै एक दशकपछि कुनै पनि युरोपियन प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ ।

युरोपा लिगअन्तर्गत गएराति भएको अर्को सेमिफाइनलमा युक्रेनको शख्तरले स्पेनको सेभियासँग २-२ गोलको बराबरी खेलेको छ ।

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर