newskoseli.Com

आइपिएलमा मुम्बई ईण्डियन्सद्वारा कोलकाता ६ विकेटले पराजित

ईण्डियन प्रिमियर लिग क्रिकेट (आइपिएल)मा मुम्बई ईण्डियन्सले कोलकाता नाईट राईडर्सलाई ६ विकेटले हराएको छ । गएराति भएको खेलमा कोलकाताले दिएको १७५ रनको लक्ष्य मुम्बईले दुई ओभर बाँकी छँदा ४ विकेट गुमाएर पुरा गरेको हो ।

मुम्बईको जितमा सुरुवाती ब्याट्सम्यान एवं कप्तान रोहित शर्माले अविजित ६८ रन जोडे । यसैगरी पाँचौ नम्बरमा ब्याटिङ गर्न मैदानमा छिरेका वेष्ट इन्डिजका अलराउण्डर काईरन पोलार्डले १७ बलमा ५१ रनको विष्फोटक पारी खेले ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७४ रन जोडेको थियो । कोलकाताका लागि गौतम गम्भिरले ५९ रन तथा रविन सिंह उथप्पाले ३६ रनको योगदान दिए ।

गएरातिको जितसँगै मुम्बई इन्डियन्स आइपिएलको अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । ८ खेलबाट उसको ८ अंक छ भने ६ खेल खेलेको गुजरात १० अंकसहित शीर्ष स्थानमा छ ।

आइपिएल क्रिकेटमा आज शीर्ष स्थानको गुजरात लायन्सले छैटौं स्थानको राईजिङ पुणे सुपर जाईन्ट्ससँग खेल्नेछ । यसअघि भएको खेलमा सुरेश रैनाको कप्तानीमा रहेको गुजरातले महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको पुणेलाई हराएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर