newskoseli.Com

रुसको भारोत्तलन टोलीले ओलम्पिकमा खेल्न नपाउने

रुसको भारोत्तलन टोलीले रियो ओलम्पिकमा खेल्न नपाउने भएको छ । डोपिङका कारण रुसको भारोत्तलन टोलीमाथि ब्राजिलमा हुने रियो ओलम्पिकमा खेल्न नपाउने गरि प्रतिबन्ध लागेको हो ।

विश्व एन्टी डोपिङ एजेन्सी वाडाको जाँचमा रुसका १० भारोत्तलन खेलाडीको नाम समावेश भएकाले प्रतिबन्ध लगाइएको त्यहाँको भारोत्तलन संघले जनाएको छ ।

प्रतियोगितालाई स्वच्छ र निश्पक्ष बनाउनका लागि रुसी खेलाडीलाई प्रतिबन्ध लगाइएको संघले उल्लेख गरेको छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आइओसीले सम्बन्धित खेलका विश्व प्रशासकीय निकायलाई खेलाडीका विषयमा निर्णय गर्ने अधिकार दिएको छ ।

रुसका खेल मन्त्रीले रियो ओलम्पिकका लागि छनोट भएका ३ सय ८७ मध्ये अहिलेसम्म २ सय ७२ खेलाडीले सहभागिताका लागि स्वीकृति पाएको बताएका छन् ।

रुसका कति खेलाडी रियो ओलम्पिकमा भाग लिने छन् भन्ने जानकारी शनिबार आउने जनाइएको छ ।

रुसमाथि सरकारकै संलग्नतामा खेलाडीलाई प्रतिबन्धित शक्तिवद्र्धक औषधि दिने गरेको आरोप लागेको छ । रुसले भने सबै आरोप अस्विकार गर्दै आएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर