newskoseli.Com

क्रिकेट बचाउन सरकार अभिभावक बन्नुपर्छ– महासचिव प्याकुरेल

काठमाडौँ, १७ वैशाख ।निर्वाचित नेपाल क्रिकेट सङ्घ (क्यान) का महासचिव अशोकनाथ प्याकुरेलले देशको क्रिकेट बचाउन सम्बन्धित निकायसँग सवै किसिमको छलफल गर्न चाहेको बताएका छन् ।

काठमाडाैंमा  अायाेजना गरिएकाे पत्रकार सम्मेलनमा प्याकुरेलले अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले भर्खरै क्यानलाई गरेको निलम्बनले नेपाली क्रिकेटमा दूरगामी नकारात्मक असर पर्ने बताए । देशको क्रिकेट बचाउन क्यानको विधानअनुसारका कार्यबाहेक सवै विषयमा आफूहरु लचिलो हुने बताउँदै उनले सरकारलाई सही समाधनको प्रश्ताव लिएर आउन आग्रह गरेका  छन् ।

“सङ्कटको यो घडीमा हामी नेपाली क्रिकेटप्रति संवेदनशील छौं, सरकार र राखेप (राष्ट्रिय खेलकुद परिषद्) स्पष्ट धारणा लिएर आएको खण्डमा निकासका लागि हामी सवै किसिमका छलफल गर्न तयार छौं ।” सरकारले यस विषयमा अभिभावकको भूमिका खेल्नुपर्नेमा जोड दिँदै प्याकुरेलले भने ।

चतुरबहादुर चन्द अध्यक्ष रहेको तथा प्याकुरेल महासचिव रहेको क्यानको पक्षको निर्वाचन गत वर्षको मङ्सिरमा भएको थियो । त्यसपछि प्रक्रिया पुर्याएर निर्वाचन नगरेको भन्दै पुसमा राखेपले रमेश सिलवालको अध्यक्षतामा तदर्थ समिति गठन गरेको थियो । अहिले दुवै समितिले काम गर्न पाएका छैनन् । दुवै समूहको विवाद सर्वोच्च अदालतमा विचाराधीन छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर