newskoseli.Com

मुस्ताङमा १७ वटा हिउँ चितुवा भेटिए

हिमाली जिल्ला मुस्ताङमा १७ वटा हिउँ चितुवा भेटिएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)सँग सहकार्य गरेर हरियो वन नामक संस्थाले गरेको अध्ययनले उक्त सङ्ख्यामा हिउँ चितुवा भेटिएको जनाइएको छ । सोह्रवटै गाविसमा एक्यापले गाविसस्तरीय संरक्षण समितिमार्फत वन्यजन्तु संरक्षण र अवैध चोरी सिकारी नियन्त्रण अभियान सञ्चालन गरेपछि विगत तीन वर्षयता जिल्लामा हिउँ चितुवाको सङ्ख्या बढ्दै गएको अनुमान गरिएको थियो । यसअघि, मुस्ताङमा आधिकारिक रुपमा हिउँ चितुवाको गणना भएको थिएन ।

दुई वर्षअघि हरियो वनले गरेको अध्ययनको प्रतिवेदन सार्वजनिक नभए पनि जिल्लामा १७ वटा हिउँ चितुवा भेटिएको एक्याप जोमसोमकी प्रमुख निरु थापाले जानकारी दिए । “हरियो वनले हामीलाई प्रतिवेदन दिन भने बाँकी छ”, उनले भने, “त्यसबाट प्राप्त भएपछि कुन–कुन ठाउँमा कति भन्ने कुरा जानकारी हुन्छ ।” खासगरी एक वर्षअघि उपल्लो मुस्ताङको छुसाङ, घमी र सुर्खाङ क्षेत्रमा स्थानीय किसानले पालेका भेडाच्याङ्ग्रा माथि सामूहिक रुपमा हिउँ चितुवाको आक्रमणको घटना बढेको थियो ।

अवैध चोरी सिकारीका कारण घोरल, रतुवालगायतका वन्यजन्तुको सङ्ख्या घटेपछि आहाराको अभावमा हिउँ चितुवाको सङ्ख्या पनि घट्ने सरोकारवाला निकायको भनाइ छ । उपल्लो मुस्ताङसहित, जोमसोम र कोबाङ गाविसको वन क्षेत्रमा बढी हिउँ चितुवा भेटिएको अनुमान गरिएको छ । जोमसोमको ठिनी क्षेत्रमा सबैभन्दा बढी हिउँ चितुवा रहेको स्थानीयले जानकारी दिएका छन् । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर