newskoseli.Com

अन्तर्राष्ट्रिय कराते जेठ महिनामा

दोस्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगिता आगामी जेठ ६ गतेदेखि नेपालमा हुने भएको छ ।

नेपाल सितोरियो कराते डो सङ्घ, शाखा डोजो सामाखुसीको आयोजनामा राजधानीमा हुने प्रतियोगितामा नेपालसहित छ दक्षिण एसियाली राष्ट्रको सहभागिता रहने छ । प्रतियोगिताको पुरुषतर्फ १५ र महिलामा १३ गरी जम्मा २८ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा आयोजक नेपालबाट सर्वाधिक ४०० तथा पाकिस्तानबाट सबैभन्दा कम १० खेलाडीले भाग लिने छन् । त्यस्तै, भारतले ३००, बङ्गलादेश र श्रीलङ्काले १५–१५ तथा भुटानले १३ खेलाडी सहभागी गराउने आयोजक डोजोका प्रमुख तथा प्रतियोगिता संयोजक राजेन्द्रकुमार ओझाले जानकारी दिए ।

तीनदिने प्रतियोगिताअन्तर्गतका खेल लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछन् । गत संस्करणको उपाधि नेपालले जितेको थियो । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर