newskoseli.Com

नेपालबाट पहिलोपटक ‘फेस अफ दि वर्ल्ड’ मा पियुषले सहभागिता जनाउँदै

विदेशमा हुने विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रमहरुमा नेपाली युवायुवतीहरुले भाग लिँदै आइरहेका छन् । ‘मिस नेपाल’ ले ‘मिस वर्ल्ड’ मा सहभागी हुने, ‘मिस्टर नेपाल’ ले ‘मिस्टर वर्ल्ड’ मा भाग लिने काम भइरहेको अवस्थामा अब लन्डनमा हुन लागेको ‘फेस अफ दि वर्ल्ड– २०१७’ मा पहिलो पटक नेपालबाट मोडल पियुष कर्णले सहभागिता जनाउने भएका छन् ।

१७ सेप्टेम्बरदेखि लन्डनको बर्लिङटन होटलमा हुने ‘फेस अफ दि वर्ल्डमा पहिलो पटक सहभागी हुन लागेका पियुषले ‘फेस अफ दि वर्ल्ड’ मा सहभागी हुन पाउँदा आफूलाई खुसी महशुस भएको बताए ।

‘मिस्टर राजधानी नेपाल– २०१५’ र ‘मिस्टर कर्नाटका बैंङलोर– २०१४’ का बिजेता समेत भइसकेका पियुषले आफू ‘फेस अफ दि वर्ल्ड’ को बिजेता भएरै नेपाल फर्कने बताए ।

पियुषले भने– ‘लामो समयको मेहनतपछि मैले सोचेको कार्यक्रममा सहभागी हुन पाउँदैछु । मलाई विश्वास छ, यस वर्षको ‘फेस अफ दि वर्ल्ड’ मैले नै जित्नेछु ।’

piyus 3 piyus 4 piyus 6उनले विश्वसामु नेपाललाई चिनाउनका लागि पनि आफ्नो सहभागिता हुन लागेको बताए । नेपालको पहिलो हिन्दी एल्बम ‘सासे’ को दोस्रो गीत ‘दवी दवी सी’ को छायांकन हालै सकाएका पियुषले आधा दर्जनबढि म्युजिक भिडिओमा काम गरिसकेका छन् ।

नेपाल र भारतका विभिन्न ठाउँमा भएका ‘र्याम्प–सो’ मा समेत बाक्लो उपस्थिति जनाइसकेका पियुषले नेपालका केही ‘फेसन सो’ मा निर्णायक भएर पनि काम गरिसकेका छन् । वीरगञ्ज घर भई हाल काठमाडौंमा बस्दै आएका उनले बैंङलोरबाट नै उच्च शिक्षा हासिल गरेका हुन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर