newskoseli.Com

बुद्धिसागर न्यूजिल्यान्डका लागि पर्यटन दूत

लमजुङ सदरमुकाम बेसीसहर स्थायी घर भएका लमजुङे युवा बुद्धिसागर घिमिरे न्यूजिल्यान्डका लागि पर्यटन दूतमा नियुक्त भएका छन् । नेपाल पर्यटन बोर्डले घिमिरेलाई बुधबार पर्यटन प्रवद्र्धनका लागि मानार्थ पर्यटन दूतमा नियुक्त गरेको हो । ११ जुलाई २०१६ देखि १० जुलाई २०१८ सम्म लागू हुनेगरी घिमिरेलाई बोर्डले  यसवर्षका लागि दूतमा नियुक्त गरेको हो ।

त्रिभुवन विश्वविद्यालयबाट माइक्रोबाइलोजीमा स्नातकोत्तर गर्नुभएका घिमिरेले बेलायतबाट वातावरण विज्ञानमा समेत एमफिल गरेका छन् । गैरआवासीय नेपाली सङ्घ न्यूजिल्यान्डको कार्यसमितिमा दुई कार्यकाल काम गरिसक्नुभएका घिमिरेसँग नेपालको पर्यटन प्रबद्र्धनका लागि नेपाली नाइटलगायत विभिन्न कलचरल इभेंन्टहरु आयोजना गरेको अनुभव छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर