newskoseli.Com

क्रिकेटमा गोल्डेनगेट र हर्टल्यान्डको जित

‘एक्स्पर्टस् कलेज प्रिमियर लिग क्रिकेटअन्तर्गत साेमबार भएका खेलमा गोल्डेनगेट कलेज र हर्टल्यान्ड कलेज विजयी भएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा गोल्डेनगेटले लर्ड बुद्ध एजुकेसन फाउन्डेसनलाई १ सय १६ रनले तथा दोस्रो खेलमा हर्टल्यान्डले भीएस निकेतनलाई १ सय १४ रनले पराजित गरे ।

टस हारेर ब्याटिङ गरेकोे गोल्डेनगेटले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय १८ रनको विशाल लक्ष्य दिएको थियो । जवाफी व्याटिङमा आएको लर्ड बुद्धले पूरै ओभर खेल्दै ९ विकेट गुमाई १०१ रन मात्र बनाउन सक्यो । गोल्डेन गेटलाई जित दिलाउन ४९ रनमा शतक प्रहार गरेका रितेश यादव ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

अर्को खेलमा पनि टस हारेर ब्याटिङ गरेको हर्टल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रन बनाएको थियो । जवाफी ब्याटिङमा आएको भिएस निकेतनले १३.५ ओभरमै सबै विकेट गुमाएर ५७ रन मात्र बनाउन सक्यो । हर्टल्यान्डलाई जित दिलाउन ८० रन जोडी प्रदीप ऐरी ‘प्लेयर अफ द म्याच’ भए । त्यसैगरी खेल हेर्न गएका दर्शक जनक ऐरीलाई ‘फ्यान अफ द म्याच’ घोषित गर्दै रु १० हजार प्रदान गरियो । प्रत्येक दिन एक दर्शकलाई यो पुरस्कार प्रदान गरिन्छ ।

प्रतियोगितामा राष्ट्रिय टोलीका कप्तान पारस खड्का लगायत ‘सिनियर’ तथा अन्य राष्ट्रिय तथा युवा खेलाडीको सहभागिता छ । प्रतियोगिताअन्तर्गत मङ्गलबार एसपीए कलेजविरुद्ध प्लाटिनम तथा केएमसीविरुद्ध थ्रीटन कलेजबीच खेल हुनेछ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर