newskoseli.Com

गजल

पहिला घर बनाए ,पछि आगन बनाए
लागेन हिजो कलह चल्ने ईन्धन बनाए ।।

खोजिरहेछु हो म खोजिरहेछु ज–जस्ले
भोटको सफरमा एक्लो मदन बनाए ।।

हे दैव अब तैले जवाफ मलाई दिनैपर्छ
को–को मिलेर यो निष्ठुरी मन बनाए ।।

हर्के कामी रूँनु पर्दा भन्छ सँधै बेकार
ठूलाहरूको कर्द साँध्न आरन बनाए ।।

ए सरकार हुम्ला बस्ने बुढा बुवा भन्छन्
थाहा हुँदैन कस्तो खालको शासन बनाए

— सौगात गजमेर विश्वकर्मा
बालुवाडी–८, झापा
हाल : साउदी अरेविया

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर