newskoseli.Com

गजल

नवीन बस्याल

 

गजल

प्यारो देशलाई अमुल्य दरवार बनाउँछु

विश्वमा कहिलै नझुक्ने जोरदार बनाउँछु ।।

 

सर्बहारा वर्ग एकजुट गराई देश लाई

इतिहास कतै नभएको संसार बनाउँछु ।।

 

मानव सबै निस्वार्थी समाज भित्र बाँच्ने

भविष्यमा हाम्रो देश सिंगो बजार बनाउँछु ।।

 

एक हुँदै  हजार लाख र अनि कारोडौँ हुन्छ

ज्वालामूखी र लालटीनको  हुँकार बनाउँछु ।।

 

रणभूमिमा  उतारेर   मजदुर  सारा  नेपाली

सामन्तवादलाई एक्दिन अँगार बनाउँछु   ।।

 

सादी ख्रर्क– २,  प्यूठान

हालः   लखनऊ, इण्डिया

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर