newskoseli.Com

कोलकाताको पाँचौं जित, बेंग्लोरको पाँचौ पराजय

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत गएराति सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर बेंग्लोरलाई ५ विकेटले पराजित गरेको छ । जितसँगै कोलकाता अंक तालिकाको दोस्रो नम्बरमा रहन सफल भएको छ ।

सीजनको आठौं खेलबाट पाँचौं जित हासिल गर्दै कोलकाताले आफ्नो खातामा १० अंक बनाएको छ । बेंग्लोर भने सात खेलबाट पाँचौं पटक पराजित हुँदै अंक तालिकाको सातौं नम्बरमा पुगेको छ ।

घरेलु मैदानमा पहिले ब्याटिङ गर्न उत्रिएको बेंग्लोरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १८५ रन बनाएको थियो । बेंग्लोरका कप्तान विराट कोहलीले ५२ र केएल राहुलले ५२ रन बनाएका थिए ।

१८६ रनको लक्ष्य पाएको कोलकाताले सुरुवातमा राम्रो प्रदर्शन गर्न नसके पनि मध्यक्रमका ब्याट्सम्यान युसुफ पठानले विस्फोटक ब्याटिङ गर्दै २९ बलमा अविजित ६० रन बनाएपछि बेंग्लोर पराजित भएको हो । कोलकाताका लागि एन्ड्रयु रसेलले ३९ र गौतम गम्भीरले ३७ रन बनाए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर